पोखरा । पोखराको सभागृहमा ‘यामाहा ब्लु फेस्ट’ महाएक्सचेन्ज मेला सुरु भएको छ । यामाहाका लागि नेपालको आधिकारिक वितरक एमएडब्लु राइड्सअन्तर्गतको एमएडब्लु इन्टरप्राइज प्रालिले आयोजना गरेको मेला शुक्रबार सुरु भएको हो । दसैंको पूर्वसन्ध्यामा आयोजित मेला असोज ३० गतेसम्म चल्नेछ ।
मेलामा पुरानो दुईपांग्रे सवारीसाधन साटेर नयाँ यामाहा खरिद गर्ने सुविधा उपलब्ध गराइनेछ । यो मेला नेपालकै ठूलो एक्सचेन्ज इभेन्ट रहेको कम्पनीको दाबी छ । मेलामा नागरिकताकै भरमा नयाँ सवारीसाधन लैजान सकिने सुविधा छ । मेलामा जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर लिएर आउने ग्राहकलाई बजार मूल्यभन्दा थप मूल्यांकन दिइनेछ । यसका साथै अन–द–स्पट एक्सचेन्ज र सहज फाइनान्सको व्यवस्था मिलाइएको छ ।
‘यामाहा चंगा चेट’ योजनाअन्तर्गत १ लाख रुपैयाँसम्म नगद छुट, खरिद प्रमाणित गर्दा १० लाख रुपैयाँसम्म जित्ने अवसर, हरेक हप्ता हाई–टेक ग्याजेट र बम्पर उपहारमा ब्रान्ड न्यु यामाहा आर१५ जित्न सकिनेछ । मेलामा एफजेड–एस एफआई भिएस४, आर१५ भिएस४, एमटी–१५ भिएस२, रेजेडआर १२५ एफआई हाइब्रिड र एरोक्स १५५ जस्ता प्रविधियुक्त मोटरसाइकल तथा स्कुटर प्रदर्शनी र बिक्रीका लागि राखिनेछन् ।
सवारी खरिदकर्तालाई न्यूनतम किस्ताबन्दी र कम ब्याजदरमा नयाँ सवारी उपलब्ध गराइने आयोजक एमएडब्लु इन्टरप्राइजले जनाएको छ । मेलास्थलबाटै फाइनान्स, मूल्यांकन र नयाँ सवारी खरिदको सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिनेछ ।





Comments are closed.