भक्तपुर । भक्तपुरको दुवाकोटमा स्थापना गरिएको एभरेस्ट मल्टी स्किल्स प्राइभेट लिमिटेडको औपचारिक उद्घाटन गरिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले आइतबार आयोजित एक समारोहबीच संस्थाको उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सीपमूलक तालिम तथा दक्ष जनशक्ति उत्पादनको महत्त्वबारे चर्चा गरे। कार्यक्रममा संस्थाका अध्यक्ष खगेन्द्र न्यौपानेले संस्थाको उद्देश्य तथा आगामी योजनाबारे जानकारी गराएका थिए ।
संस्थाले सीप विकास, व्यावसायिक तालिम तथा रोजगारीका अवसर सिर्जनामा योगदान पुर्याउने लक्ष्य राखेको जनाएको छ।




Comments are closed.