दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा ध्रुवकुमार गहतराज विजयी

घोराही। दाङ जिल्ला उद्योग वाणिज्य संघको भर्खरै सम्पन्न निर्वाचनबाट ध्रुवकुमार गहतराज अध्यक्ष पदमा विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नरेशकुमार श्रेष्ठलाई पछि पार्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन्।

निर्वाचनमा गहतराज नेतृत्वको साझा व्यवसायी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा महेन्द्र बुढाथोकी, उद्योग उपाध्यक्षमा गेहेन्द्र बस्नेत र वाणिज्य उपाध्यक्षमा नोर्बु तामाङ विजयी भएका छन्। यसैगरी सचिवमा भीमसेन डाँगी र सह कोषाध्यक्षमा शालिकराम आचार्य विजय भएका छन्। यी दुवै गहतराज प्यानलबाट निर्वाचित भएका हुन् ।

त्यसैगरी, महासचिव पदमा नरेश श्रेष्ठ नेतृत्वको प्यानलका माधव खनाल विजयी भएका छन्। कोषाध्यक्ष पदमा पनि नरेशकै प्यानलका दिपक पण्डित उम्मेदवार विजयी भएका छन्।

निर्वाचनको परिणामसँगै दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन भएको छ।

You might also like

Comments are closed.

Secret Link