१६ सिटर म्याक्सस ई-डेलिभर ५ सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ

काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गत नेपालका लागि MAXUS को आधिकारिक आयातकर्ता तथा वितरक हिमालय मोट्रोक्स प्रालिले प्रिमियम सुविधायुक्त १६ सिट क्षमताको विद्युतीय मिनिबस MAXUS eDELIVER5 नेपाली बजारमा सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको यस गाडीको नेपाली बजार मूल्य रु ६९ लाख ५० हजार निर्धारण गरिएको छ।

यो गाडी विशेषगरी होटल, रिसोर्ट, अन्य पर्यटन क्षेत्रको आतिथ्य सेवा तथा व्यावसायिक यातायात क्षेत्रका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको छ। यसै कम्पनीले केही समयअघि मात्रै Maxus eTerron9 पिकअप पनि बजारमा ल्याएको थियो। जुन पिकअप आकर्षक तथा बोल्ड भएका कारण नेपाली बजारमा हाल निकै लोकप्रिय हुन थालेको छ।

यस नयाँ मिनिबसको हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा, निर्देशक आकाश गोल्छा तथा प्रबन्ध निर्देशक सौरभ थापाले संयुक्त रूपमा सार्वजनिक गरेका थिए भने उक्त कार्यक्रममा हिमालय अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ)कपिल सिवाकोटीको पनि उपस्थिति रहेको थियो।

नेपालको सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको बजार विस्तार हुँदै गएको सन्दर्भमा विद्युतीय कारजत्तिकै सुविधा तथा विशेषताहरू भएको MAXUS eDELIVER5 मि मि मिनिबसमा आधुनिक तथा आकर्षक बनावट, सुविधासम्पन्न इन्टेरियर, उन्नत सुरक्षा प्रविधि, आरामदायी यात्रा तथा व्यावहारिक उपयोगिताको संयोजन रहेको कम्पनीले जनाएको छ।

प्रिमियम सुविधाका लागि यसमा रहेको १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणालीले ब्लुटुथ, USB, वायरलेस Apple CarPlay तथा Android Auto तथा ब्लमचयष्म ब्गतय लाई समर्थन गर्छ। चार तहको एडजस्टेबल स्टेयरिङ, आकर्षक तथा आधुनिक ककपिट, स्टेयरिङ माउन्ट तथा स्विच गियरजस्ता सुविधाले यात्रालाई थप सहज र आधुनिक बनाउन सहयोग पुर्‍याउँछन्।

MAXUS eDELIVER5 मा ६४ kWh क्षमताको CATLब्याट्री जडान गरिएको छ। यस सवारीसाधनले कम्पनीको NEDC परीक्षण अनुसार ४०० कि कि मी सम्मको रेन्ज प्रदान गर्छ भने अधिकतम १२० kW पावर र २४० Nm टर्क र्क उत्पादन गर्छ । यसमा ७० kw सम्मको DC फास्ट चार्जिङ सुविधा उपलब्ध छ, जसअनुसार ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३६ मिनेट मात्र लाग्दछ।

सुरक्षा तथा सुविधालाई प्राथमिकता दिँदै यस गाडीमा ३६० डिग्री अराउन्ड-भ्यु क्यामेरा, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फरवार्ड कोलिजन वार्निङ, एड्याप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट, इमर्जेन्सी लेन किपिङ तथा ड्राइभर स्टेट मोनिटरिङजस्ता आधुनिक प्रविधि समावेश गरिएका छन्। यसका अतिरिक्त चालक तथा अगाडिको यात्रुका लागि एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र टायर प्रेसर मोनिटरिङ सिस्टमजस्ता आधुनिक सुरक्षा सुविधा समेत उपलब्ध छन्। यसमा २०० एमएम ग्राउन्ड क्लियरेन्स हुनुका साथै सबै चक्कामा ब्िियथ ध्जभभ िरहेका छन्।

गाडीको ब्याट्रीमा ८ वर्ष र मोटरमा ५ वर्षको वारेन्टी सुविधा उपलब्ध रहेको कम्पनीको ब्रोसरमा उल्लेख छ। यसले गर्दा विद्युतीय व्यावसायिक सवारीसाधन अपनाउन चाहने व्यवसायीहरूलाई थप विश्वास प्रदान गर्ने अपेक्षा गरिएको छ।

विश्वविख्यात SAIC ग्रुपको MAXUS कम्पनीद्वारा चीनमा उत्पादन गरिएका सवारीसाधन गुणस्तरीय र विश्वसनीयतामा अब्बल मानिँदै आएको छ भने यति धेरै सुविधाहरू जडित विद्युतीय मिनिबस नेपालमा कमै मात्र भएको र मूल्यसमेत अन्य प्रतिस्पर्धीहरूको भन्दा कम रहेको कम्पनीले दाबी गरेको छ। यस MAXUS गाडीको सोरुम काठमाडौंको हात्तीसारमा रहेको छ।

MAXUS eDELIVER5 को सार्वजनिकसँगै हिमालय अर्गनाइजेसनले नेपाली बजारमा आधुनिक तथा नवीनतम सवारीसाधन आयात तथा बिक्रीका साथै आधुनिक र सुविधासम्पन्न बिक्रीपछिका सेवाहरू समेत नेपालभर उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपालका यात्रुवाहक सार्वजनिक सवारीसाधनहरूले गुणस्तरीय सेवा र वातावरणमैत्री अभ्यासलाई प्राथमिकता दिइरहेको वर्तमान अवस्थामा प्रिमियम सुविधायुक्त यस किसिमका सवारीसाधनको नेपाली बजारमा उपस्थितिले यात्रुहरूलाई थप सुविधा र सुरक्षा दुवै प्रदान गर्न सक्ने नयाँ सम्भावना सिर्जना गरेको छ भने नेपालको सार्वजनिक यातायातलाई अझ प्रतिस्पर्धी तथा यात्रुमैत्री बनाउन मद्दत पुग्नेछ।त पुग्नेछ।

You might also like

Comments are closed.

Secret Link