दसैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका

काठमाडौं । दसैं, तिहार र छठको उमङ्गलाई थप रोमाञ्चक बनाउँदै यती एअरलाइन्सले आफ्ना यात्रुहरूका लागि ‘यतीले उडाउँछ, भाग्यले गुडाउँछ’ विशेष चाडपर्व अभियान सञ्चालन गरेको छ । यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन भइरहेको अभियानमा साप्ताहिक उपहारका रूपमा माउन्टेन फ्लाइटसमेत राखिएको छ ।

चाडपर्वको खुसी, पारिवारिक भेटघाट र यात्राको उत्साहलाई पुरस्कारसँग जोड्ने उद्देश्यले ल्याइएको यो अभियान असोज २३ गतेदेखि सुरु भइसकेको छ र कात्तिक ३० गतेसम्म ३९ दिन सञ्चालन हुनेछ । यती एअरलाइन्सले यात्रुले वर्षौंदेखि प्रदान गर्दै आएको विश्वास, माया र साथप्रति आभार व्यक्त गर्दै चाडपर्वको यात्रालाई थप विशेष र स्मरणीय बनाउने उद्देश्यले अभियान ल्याएको जनाएको छ ।

यस अभियानको मुख्य आकर्षण बम्पर पुरस्कारमा राखिएको पुजो ज्याङ्गो स्कुटर हो । चाडपर्वको समयमा आफ्नो गन्तव्यसम्मको यात्रा सहज बनाउँदै आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्न सकिने भएकाले अभियानले यात्रुमा थप उत्साह जगाउने अपेक्षा गरिएको छ । यसका साथै, साप्ताहिक रूपमा माउन्टेन फ्लाइट जित्ने अवसरले अभियानलाई अझ रोचक बनाएको छ ।

यात्रुहरू स्वतः लक्की ड्रमा सहभागी हुने

अभियान अवधिभित्र यती एअरलाइन्सको टिकट बुक गरी यात्रा पूरा गर्ने यात्रु ‘लक्की ड्र’का लागि योग्य हुनेछन् । अभियानमा सहभागी हुन छुट्टै दर्ता गर्नुपर्ने छैन । रद्द गरिएका, रिफन्ड भएका वा प्रयोग नगरिएका टिकटहरू भने ‘लक्की ड्र’मा समावेश हुने छैनन् ।

विजेताको घोषणा आगामी डिसेम्बर १, २०२६ मा यती एअरलाइन्सको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण (फेसबुक लाइभ) गरी गरिनेछ । जसमा, मुख्य विजेताले रू. ५ लाख ७१ हजार मूल्यको पुजो ज्याङ्गो स्कुटर १२५ स्कुटर जित्नेछन् ।

चाडपर्वको उल्लाससँगै यात्रुलाई थप खुसी बाँड्ने लक्ष्य राखेको यती एअरलाइन्सको यस अभियानले हवाई यात्रालाई पुरस्कार जित्ने रोमाञ्चक अवसरसँग जोडेको छ । ‘यस दसैं, तिहार र छठमा यती एअरलाइन्ससँग उड्नुहोस्, माउन्टेन फ्लाइट जित्ने अवसर प्राप्त गर्नुहोस् र बम्पर पुरस्कारमा पुजो ज्याङ्गो १२५ स्कुटर आफ्नो बनाउने मौका पाउनुहोस् ।’ स्लोगन सहित एयरलाइन्समार्फत यात्रागर्न यात्रुलाई आग्रह गरिएको छ ।

You might also like

Comments are closed.

Secret Link