युआरएलमा चाडपर्व अफर

पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले दसैं र तिहारको अवसरमा चाडपर्व अफर सार्वजनिक गरेको छ । यसपालिका चाडपर्वको अवसरमा युआरएलको मुख्य कार्यालय र सबै शाखामा युरिक एसिड, मधुमेह वा रगतमा हुने खराब बोसो (टिजी) मध्ये एक जाँच निःशुल्क गरिने छ ।

युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले कात्तिक महिनाभर कायम रहने चाडपर्वको अफरमा अरु सबै प्रकारका रक्त परीक्षणमा पनि विशेष छुट दिइने जानकारी दिए । ‘हाम्रा सेवाग्राहीको चाडपर्वको माहोललाई थप उत्सवमय बनाउन छुट अफर ल्याएका हौं,’ उनले भने ।

युआरएल पोखराको न्युरोडमा रहेको गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब हो । यसले गण्डकी प्रदेशका ८ जिल्लामा २४ शाखामार्फत् सेवा प्रदान गरिरहेको छ ।

१३ वर्षअघि स्थापना भएको युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी अहिलेसम्म २ सय ४१ वटा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिसकेको युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्थले बताए । उनले भने, ‘क्यान्सर मार्कर, होलबडी, भिटामिनसहित सबै प्रकारका जाँचमा विशेष छुट दिएका छौँ, सेवाग्राहीले आफ्नो अनुकूल पर्ने जुनसुकै शाखाबाट यो सेवा पाउनुहुन्छ ।’

 

 

You might also like

Comments are closed.

Secret Link