निजी क्षेत्रको सबलीकरणका लागि नेपाल उद्योग वाणिज्य महासंघद्वारा ‘६ स्तम्भ ६० पहल’ सार्वजनिक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशको निजी क्षेत्रको सशक्तिकरण, आर्थिक सुधार तथा सुशासन प्रवर्द्धनका लागि ‘६ स्तम्भ ६० पहल’ (६ Stambha ६० Pahal) को महत्वाकांक्षी कार्ययोजना सार्वजनिक गरेको छ। महासंघले आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था र निजी क्षेत्रको वृद्धि सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा सो रणनैतिक दस्तावेज प्रस्तुत गरिएको हो।

महासंघ अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रको विकास, व्यवसायीक सुरक्षा तथा लगानी मैत्री वातावरण निर्माणका लागि महासंघले ६० वटा ठोस कदमहरू अघि सारेको जानकारी दिए । ‘समृद्धि र सुशासनका लागि गतिशील निजी क्षेत्र’ भन्ने मुख्य संकल्पका साथ सार्वजनिक गरिएको यस कार्ययोजनामा महासंघका सेवाहरूको सुदृढीकरण तथा डिजिटल रूपान्तरण, स्टार्टअप र युवा उद्यमी प्रोत्साहन, आर्थिक तथा नीतिगत सुधार, र कानुनी परामर्शका लागि अलग डेस्क स्थापना जस्ता महत्वपूर्ण पहलहरू समेटिएका छन्।

यस्तै, महासंघले उत्पादनशीलता वृद्धि, निर्यात प्रवर्द्धन, विकास साझेदारी, सिप विकास, राष्ट्रिय स्तरको स्किल एकेडेमी निर्माण, श्रम तथा औद्योगिक विवाद समाधानका लागि मध्यस्थता केन्द्र र व्यवसायीक सुरक्षाका लागि अग्रिम धरौटीका लागि पैरवी गर्नेसहित ६ वटा मुख्य स्तम्भभित्र ६० वटा विशेष कार्यक्रमहरू तय गरेको छ। महासंघको यो पहलले आगामी दिनमा देशको आर्थिक सुधार र सुशासन स्थापनामा टेवा पुग्ने अपेक्षा गरिएको छ।

You might also like

Comments are closed.

Secret Link