पोखरामा ‘टीभीएस अपाचे रेसिङ एक्सपेरियन्स जीपी क्वालिफायर’ हुने

पोखरा । रेसिङप्रेमी तथा मोटरसाइकल राइडरलाई लक्षित गर्दै कात्तिक १४ गतेशनिबार पोखरामा ‘टीभीएस अपाचे रेसिङ एक्सपेरियन्स जीपी क्वालिफायर’ आयोजना हुने भएको छ। ७ देशका २० सहरमा सञ्चालन हुने यस प्रतिस्पर्धाले नेपाली राइडरलाई राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरको मोटरसाइकल रेसिङमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

पोखराको पञ्चरत्न ड्राइभिङ स्कुलमा बिहान ९ बजेदेखि सुरु हुने कार्यक्रममा सहभागी राइडरले प्रमाणित रेसिङ प्रशिक्षकबाट आवश्यक रेसिङ सीपसम्बन्धी व्यावहारिक प्रशिक्षण प्राप्त गर्नेछन्। प्रशिक्षणपछि उनीहरूले ट्र्याकमा आफ्नो सीप, गति र क्षमता प्रदर्शन गर्दै प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन्।

प्रतिस्पर्धा १६० सीसी, २०० सीसी र ३१० सीसी गरी तीन विधामा सञ्चालन हुनेछ। छनोट चरणबाट उत्कृष्ट प्रदर्शन गर्ने राइडरहरू काठमाडौंमा आयोजना हुने राष्ट्रिय फाइनलका लागि छनोट हुनेछन्। राष्ट्रिय फाइनलमा उत्कृष्ट हुने राइडरले भारतस्थित मद्रास इन्टरनेसनल सर्किटमा नेपालका तर्फबाट प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्नेछन्।

कार्यक्रममा सहभागी हुन राइडरले १ हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ। तर, कार्यक्रमस्थलमा उपस्थित भई चेक–इन गरेपछि उक्त रकम पूर्ण रूपमा फिर्ता गरिने आयोजकले जनाएको छ। सहभागी राइडरहरूलाई हेल्मेट, राइडिङ ज्याकेट, जुत्तालगायत आवश्यक सुरक्षा सामग्रीसमेत उपलब्ध गराइने बताइएको छ।

रेसिङको रोमाञ्च प्रत्यक्ष अनुभव गर्न चाहने दर्शकका लागि कार्यक्रमस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। पोखरा तथा आसपासका क्षेत्रका मोटरसाइकल राइडर र मोटर स्पोर्ट्सप्रेमीलाई कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ। इच्छुक राइडरले कार्यक्रमको प्रचार सामग्रीमा उपलब्ध क्यूआर कोड स्क्यान गरी आफ्नो नाम दर्ता गर्न सक्नेछन्।

 

 

You might also like

Comments are closed.

Secret Link