काठमाडौं । नेपालका लागि चेरी (CHERY) गाडीहरूको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले आफ्नो नयाँ विद्युतीय क्रसओभर ‘चेरी क्यु’ (CHERY Q) नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधि, प्रिमियम आराम र सुरक्षा सुविधाहरूले सुसज्जित यस गाडीले नेपालको बढ्दो विद्युतीय सवारीसाधन बजारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
CHERY Q को लम्बाइ ४,१९५ मिमी, चौडाइ १,८११ मिमी र उचाइ १,५६८ मिमी रहेको छ भने यसको ह्विलबेस २,७०० मिमी रहेको छ। १७५ मिमी ग्राउन्ड क्लियरेन्स, २१ डिग्रीको एप्रोच एंगल र २६ डिग्रीको डिपार्चर एंगलले यसलाई नेपाली सडक तथा विविध ड्राइभिङ अवस्थाका लागि उपयुक्त बनाएको छ।
व्यवहारिकतालाई ध्यानमा राख्दै यसमा ७० लिटर क्षमताको अगाडिको फ्रन्क (अगाडिको स्टोरेज) र ३७५ लिटर क्षमताको पछाडिको बुट स्पेस उपलब्ध छ, जसलाई पछाडिको सिट फोल्ड गर्दा १,४५० लिटरसम्म विस्तार गर्न सकिन्छ। आरामदायी र स्थिर ड्राइभिङ अनुभवका लागि अगाडि MacPherson Strut र पछाडि Multilink Suspension System जडान गरिएको छ।
सुरक्षाका लागि CHERY Q मा ६ वटा एयरब्याग, ५४०-डिग्री प्यानोरामिक क्यामेरा, Electronic Stability Control (ESC) र Hill Assist लगायतका सुविधाहरू उपलब्ध छन्। साथै, Adaptive Cruise Control, Lane Departure Warning, Blind Spot Detection र Automatic Emergency Braking लगायतका Advanced Driver Assistance System (ADAS) सुविधाहरूले ड्राइभिङलाई थप सुरक्षित र सहज बनाउँछन्।
यसमा ४१.२ kWh क्षमताको LFP ब्याट्री प्याक र Rear-Wheel Drive Permanent Magnet Synchronous Motor जडान गरिएको छ। यसको मोटरले अधिकतम ९० kW पावर र ११५ Nm टर्क उत्पादन गर्छ। एकपटक पूर्ण चार्ज गर्दा यसले NEDC परीक्षण चक्रअनुसार ४०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्ने दाबी गरिएको छ। यसमा उपलब्ध फास्ट चार्जिङ प्रविधिमार्फत ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब १६.५ मिनेट मात्र लाग्ने कम्पनीले जनाएको छ।
सार्वजनिक कार्यक्रममा पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप सारडाले भने, “CHERY Q को सार्वजनिकरणले नेपालमा विश्वस्तरीय अटोमोटिभ प्रविधि र स्मार्ट मोबिलिटी समाधानहरू भित्र्याउने हाम्रो प्रतिबद्धतालाई प्रतिविम्बित गर्छ। CHERY Q नेपाली ग्राहकहरूको बदलिँदो अपेक्षा पूरा गर्न डिजाइन गरिएको छ। हामी देशभर आफ्नो पूर्वाधार विस्तार गर्दै ग्राहकलाई सहज र उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्न निरन्तर प्रतिबद्ध छौँ।”
सन् २००३ देखि लगातार नम्बर १ यात्रुवाहक सवारीसाधन निर्यातक रहँदै आएको चेरीले विश्वका १३० भन्दा बढी देशहरूमा आफ्नो उपस्थिति स्थापित गरिसकेको छ।
ग्राहकले CHERY Q Premium लाई काठमाडौँको थापाथलीस्थित CHERY शोरुमका साथै बुटवल, विराटनगर, दाङ, चितवन र बिर्तामोडस्थित शोरुमहरूमा अवलोकन तथा अनुभव गर्न सक्नेछन्।






Comments are closed.