एम.ए.डब्लु. अर्थमुभर्थद्वारा नेपालगञ्जमा जेसिवी एग्रिम्याक्स सार्वजनिक

एम.ए.डब्लु. अर्थमुभर्स प्रा. लि.ले पश्चिम नेपालका ग्राहकका लागि आफ्नो उत्पादनको दायरा विस्तार गर्दै नेपालगञ्जमा JCB AgriMax सार्वजनिक गरेको छ। कम्पनीद्वारा होटल सिद्धार्थ, नेपालगञ्जमा आयोजित ‘Partner in Progress’ कार्यक्रममा उक्त मेसिन सार्वजनिक गरिएको हो। कार्यक्रममा करिब २५० जना ग्राहक, व्यावसायिक साझेदार तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघ (FCAN) का केन्द्रीय समिति सदस्य टेकबहादुर खत्री, महासंघ बाँकेका अध्यक्ष लीलाराज उपाध्याय, महासंघ बर्दियाका वरिष्ठ उपाध्यक्ष निर्मल के.सी., महासंघ केन्द्रीय समितिका पूर्व वरिष्ठ उपाध्यक्ष कर्ण मल्ल तथा एम.ए.डब्लु. अर्थमुभर्स प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले संयुक्त रूपमा JCB AgriMax को आधिकारिक अनावरण गरेका थिए।

JCB AgriMax सामग्री ह्यान्डलिङ कार्यका लागि डिजाइन गरिएको बहुउपयोगी मेसिन हो। बेल ह्यान्डलर, उच्च क्षमताका सोभेल र क्ल्याम्पजस्ता परिवर्तन गर्न मिल्ने एट्याचमेन्टसहितको यो मेसिन कृषि, प्लाइउड उद्योग, आरएमसी तथा क्रसर प्लान्ट, ढुंगा–गिट्टी तथा बालुवा डिपो, उखु तथा कोइला उद्योगका साथै प्लान्ट एन्ड हायर व्यवसायलगायत विभिन्न क्षेत्रमा उपयोगी रहेको कम्पनीले जनाएको छ।

कार्यक्रममा JCB 3DX Super, JCB 225 LCM Excavator तथा JCB Genset पनि प्रदर्शनमा राखिएका थिए। यी उत्पादनहरूले निर्माण, अर्थमुभिङ तथा विद्युत् उत्पादनसम्बन्धी विभिन्न आवश्यकताका लागि JCB का विविध समाधान प्रस्तुत गरेका थिए।

कार्यक्रमको अर्को विशेष आकर्षणका रूपमा १० जना ग्राहकलाई JCB मेसिन हस्तान्तरण गरिएको थियो। एम.ए.डब्लु. अर्थमुभर्स प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले ग्राहकहरूलाई मेसिनको साँचो हस्तान्तरण गरेका थिए। उक्त हस्तान्तरणले JCB उत्पादनप्रति ग्राहकहरूको निरन्तर विश्वास र पश्चिम नेपालमा स्थापित सुदृढ व्यावसायिक साझेदारीलाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ।

कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवेदीले JCB AgriMax को सार्वजनिकसँगै पश्चिम नेपालका विभिन्न व्यवसायका लागि बहुउपयोगी र प्रभावकारी समाधान अझ नजिक पुर्‍याउने प्रयास गरिएको बताए। उनले विविध उत्पादन पोर्टफोलियो र एकैपटक १० वटा मेसिन हस्तान्तरण हुनुले ग्राहकहरूले JCB प्रति देखाएको विश्वासलाई प्रतिबिम्बित गर्ने उल्लेख गरे। भरपर्दो उत्पादन, गुणस्तरीय सेवा र निरन्तर सहयोगमार्फत ग्राहकसँगको साझेदारीलाई अझ सुदृढ बनाउँदै उनीहरूको व्यावसायिक प्रगतिमा साथ दिन कम्पनी प्रतिबद्ध रहेको उनको भनाइ थियो।

एम.ए.डब्लु. अर्थमुभर्स प्रा. लि. नेपालमा JCB निर्माण तथा अर्थमुभिङ उपकरणको आधिकारिक विक्रेता हो। २४ वर्षभन्दा लामो बजार अनुभव रहेको कम्पनीले देशभर रहेका ३० भन्दा बढी आउटलेट र २०० भन्दा बढी सर्भिस इन्जिनियरहरूको सञ्जालमार्फत १२ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

You might also like

Comments are closed.

Secret Link