पोखरा चेम्बर अफ कमर्स कास्कीको आयोजनामा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम

पोखरा । राष्ट्रिय कर दिवसको अवसरमा पोखरा चेम्बर अफ कमर्स कास्कीको आयोजना तथा आन्तरिक राजस्व कार्यालय पोखराको सहकार्यमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख शिवप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाका प्रेस सल्लाहकार श्यामनाथ कुँवर, पदाधिकारी सदस्य, विभिन्न वस्तुको संघका अध्यक्ष लगायतको सहभागिता रहेको चेम्बरका अध्यक्ष उमराज बास्तोलाले जानकारी दिए ।

कार्यक्रममा कर तथा यससँग सम्वन्धित विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया गरिएको कार्यक्रम संयोजक श्रीराम गौतमले बताए ।

You might also like

Comments are closed.

Secret Link