काठमाडौं । गुराँस हाइड्रोको शेयर प्रमाण पत्र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शेयर हस्तान्तरण कार्यक्रममा हाइड्रोका अध्यक्ष शिवप्रसाद घिमिरेले आयोजना स्थानीय क्षेत्रका साथै समग्र देशको ऊर्जा विकासका लागि महत्वपूर्ण रहेको बताए। उनले आयोजना निर्माणमा प्रभावित क्षेत्रका बासिन्दा, स्थानीय समुदाय तथा सरोकारवाला सबैको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सहयोग र सहकार्यले आयोजना अघि बढाउन सहज भएको बताए।
निर्माणमा करिब ७०० जनाको संलग्नता
आयोजना निर्माणमा हाल प्राविधिक, निर्माण कर्मचारी, सुरक्षा निकाय तथा नेपाल प्रहरी र नेपाली सेनासहित करिब ७०० जनाको संलग्नता रहेको जनाइएको छ। आयोजनाको निर्माणले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै आर्थिक गतिविधि विस्तारमा समेत टेवा पुर्याएको छ।
५० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको आयोजनाले आगामी दिनमा निर्माणलाई थप तीव्रता दिँदै विद्युत् उत्पादनको लक्ष्य हासिल गर्ने दिशामा काम अघि बढाइरहेको छ।
४७.१ मेगावाट क्षमताको गुराँस हाइड्रो आयोजना सञ्चालनमा आएपछि संखुवासभा र भोजपुरको ऊर्जा विकास, स्थानीय अर्थतन्त्र तथा राष्ट्रिय विद्युत् उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।






Comments are closed.