पोखरा । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका २२ जना विद्यार्थी खेलाडी विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । विद्यालयका विद्यार्थीहरूले ह्यान्डबल, बास्केटबल, लन टेनिस, हक्की, चेस, टेबल टेनिस र महिला क्रिकेट लगायतका विविध विधामा प्रदेशको झण्डा उठाउँदै राष्ट्रिय मञ्चमा चुनौती प्रस्तुत गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरूमा हक्कीमा सञ्जु थापा, चेसमा दिलासा थापा, ब्वाइज बास्केटबलमा ओमकार रकाल, टेबल टेनिसमा दीप निशान शाही, लन टेनिसका दर्शिल श्रेष्ठ र महिला क्रिकेटमा सेरिना थापाले सहभागिता जनाउनेछन् ।
त्यसैगरी, ह्यान्डबलतर्फ कुसुम बानिया, स्वेच्छा थापा, रोशनी पुन, सोफिया गुरुङ र कन्चन राना मगर रहेका छन् । गल्र्स बास्केटबलतर्फ स्वेच्छा पुन, क्यारोल श्रेष्ठ, एलिशा पुर्जा, जेनिशा पान्डे, प्रेम कुमारी बिक, नबिना गुरुङ, नन्दिता गुरुङ, श्रेया गुरुङ, अन्शु थापा, युबिना श्रेष्ठ र कुसुम गुरुङ छनोट भएका छन् ।
राष्ट्रियस्तरको प्रतिष्ठित प्रतियोगितामा विद्यार्थी खेलाडीहरूको सहभागिताले खेल प्रतिभाको निखारसँगै आत्मविश्वास, अनुशासन, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास हुने विश्वास लिएको विद्यालयका सञ्चालक नारायण पौडेलले बताए ।
यस सहभागिताले विद्यालय मात्र नभई समग्र गण्डकी प्रदेशकै खेलकुद गौरव अझ उँचो बनाउने अपेक्षा गरिएको विद्यालयका प्रध्यानाध्यापक किरण सापकोटाले बताए ।
प्रतिभा माध्यमिक विद्यालय परिवारले दशौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने सम्पूर्ण विद्यार्थी खेलाडीहरूलाई उच्च मनोबल, खेलानुशासन र उत्कृष्ट नतिजाका लागि समेत शुभकामना ब्यक्त गरेको छ ।






Comments are closed.