मानव सेवा आश्रमलाई नेउवा महासंघ गण्डकीको सहयोग

पोखरा । नेपाल उद्योग वाणिज्य संघ, गण्डकी प्रदेशले पोखराको विरौटामा रहेको मानव सेवा आश्रमलाई खाद्यान्न, खाजाका सामग्री र सरसफाईका सामान प्रदान गरेको छ । गण्डकी प्रदेश सरकारको तीनदिन प्रजातन्त्र दिवस मनाउन आह्वान गरेको सन्दर्भमा निजी क्षेत्रको छाता संस्थाले मानवसेवा आश्रमलाई बिहीबार करिब ३५ हजार रुपैयाँ बराबरको सहयोग गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ प्रमुख अतिथि थिए । आश्रम पुगेका उनले मानवीय सेवा सहयोग जुटाएर मात्रै सम्भव नभएको स्वीकार्दै यसमा राज्यको लगानी हुनुपर्नेमा सहमति जनाए । उनले मानवीय भावनाले सहयोगलाई निरन्तरता दिन आग्रह पनि गरे ।

पूर्वपर्यटन मन्त्री कृपासुर शेर्पाले समाजमा रहेका दीनदुःखीको सेवामा खटिनु नै धर्म भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले नेपालमा हरेक दिनजसो विभिन्न पर्व र दिवस मनाइए पनि त्यसले अनाथ र असहायलाई कुनै सुखद अनभूति दिलाउन नसकेको अवस्थामा महासंघ गण्डकीले प्रजातन्त्र दिवसको अनुभूति गराउन सहयोग हस्तान्तरण गरेको बताए । उनले समृद्धि भनेको पैसा कमाउनु मात्रै नभएर खुसी हुनु पनि भएकाले मन खोलेर सहयोग गर्न व्यवसायीहरुलाई आग्रह पनि गरे । महासंघ गण्डकीका उपाध्यक्ष मोतिप्रसाद पौडेलले निजी क्षेत्रले सामाजिक उत्तरदायित्वलाई सदैव मनन गर्नुपर्ने बताए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.