पोखरामा खुल्यो सिंगोर्खा सेक्युरिटी सर्भिस, आफ्नै देशमा केही गर्ने नवीनको सोच

पोखरा । सिंगापुर प्रहरीबाट अवकासपछि नेपाल फर्किएका एक युवाले सेक्युरिटी कम्पनी खोलेका छन् । सिंगापुरमा २६ वर्ष पल्टने जागिर गरेर फर्केका पुरानो घर पर्वत बाच्छा विहादी गाउँपालिका भइ हाल पोखरा बस्दै आएका नवीन गुरुङले सिंगोर्खा सेक्युरिटी सर्भिस सञ्चालनमा ल्याएका हुन् ।

सिंगापुर प्रहरीको इन्सपेक्टर–२ बाट अवकास भएपछि गुरुङले आफ्नै मुलुकमा केही गर्नुपर्छ भन्ने उद्देश्य राखेर काठमाडौंमा संचालनमा आएको सेक्युरिटी कम्पनीको पोखरा शाखाको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । सिंगोर्खा सेक्युरिटी सर्भिस कम्पनीको गण्डकी प्रदेश सभाका सदस्य विन्दु कुमार थापा र पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले संयुक्त रुपमा उद्घाटन गरे ।

सो अवसरमा वोल्दै गण्डकी प्रदेश सभाका सदस्य विन्दु कुमार थापाले सिंगापुर प्रहरीबाट अवकास भइ पल्टनमा सिकेको सीपलाई नेपालमा नै ब्यवहारमा लागु गरी विभिन्न कम्पनी तथा अफिसहरुको सुरक्षा प्रदान गर्ने उद्देश्य राखेर सेक्युरिटी कम्पनी सञ्चालनमा ल्याइएकोमा खुसी व्यक्त गरे । थापाले आगामी दिनमा दक्ष तालिम प्राप्त सेक्युरेटी गार्डहरु उत्पादन गरी अत्याधुनिक तवरले सुरक्षा दिने तर्फ सञ्चालकले ध्यान दिनुपर्नेमा समेत जोड दिए ।

jutta mela

पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले आधुनिक जमानासंगै सेक्युरिटी गार्ड कम्पनीहरुले समेत आधुनिक तवरले सुरक्षा दिनुपर्नेमा जोड दिदै यस्ता निजी कम्पनीहरुले सुरक्षासंगै भुतपूर्व सैनिक, प्रहरीहरुलाई रोजगार समेत सिर्जना गरेको बताए । पोखरा महानगरपालिकाका वडा नम्बर १० का अध्यक्ष राजकुमार गुरुङले युवाहरुलाई स्वरोजगार प्रदान गर्न सेक्युरेटी कम्पनीहरुले ठूलो भुमिका खेलेको बताए ।

सिंगापुर प्रहरीका भूतपूर्व चीफ इन्स्पेक्टर हरिध्वज गुरुङले सेक्युरिटी गार्डले हतियार लिन नपाउने भएतापनि आफूले सिकेको सीपलाई ब्यवहारमा उतारी अफ्ठ्यारा परिस्थितीलाई समेत सामना गर्नुपर्ने भएकाले अति संवेदनशील पेशा भएको वताए । पोखरामा शाखा रहेको सिंगोर्खा सेक्युरिटी सर्भिस प्रालिमा हाल ५० जना सेक्युरिटी गार्डहरु रहेको र उनीहरु भारत र नेपालका भूतपूर्व सैनिक, प्रहरी साथै सेक्युरिटी अनुभवीहरु रहेको प्रालिका संचालक नवीन गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.