‘पोखरामा अथोराइज्ड र जेन्युन आइटी प्रडक्टका लागि कस्मिक’

पुरुषोत्तम कुवँर
सञ्चालक, कस्मिक कम्प्युटिङ सलुसन्स

पोखराको न्युरोडमा बिगत ७ वर्षदेखि सञ्चालित कस्मिक कम्प्युटिङ सलुसन्सले हाइरेन्जका कम्प्युटर तथा ल्यापटप सहित सूचना तथा प्रविधिका सामानहरु बिक्री गर्दै आइरहेको छ । शतप्रतिशत अथोराइज्ड र जेन्युन प्रडक्ट पाइने संस्थाको छाप बनाएको कस्मिकले बिक्री पछिको सेवालाई प्राथमिकता राखेको छ । पोखरामा जारी क्यान इन्फोटेकमा समेत कस्किमले ब्राण्डिङमा विशेष मेहनत गरेको छ । हरेक वर्ष इन्फोटेकमा फरक पन झल्काउने गरी प्रस्तुत हुने कस्मिकका सञ्चालक पुरुषोत्तम कुवँरसँग आर्थिक आवाजले गरेको कुराकानीः

पोखरामा जारी क्यान इन्फोटेकमा कस्मिकले कुन ब्राण्डलाई प्रस्तुत गरेको छ ?

क्यान कास्कीले पोखरामा फागुन ११ देखि १५ गतेसम्म आयोजना गरेको क्यान इन्फोटेकमा कस्मिक कम्प्युटिङ सलुसन्सले बिगत वर्षहरुमा जस्तै यस पटक पनि स्टल राखेका छ । डोममा निर्मित ७ वटा स्टलबाट हामीले विश्वप्रशिद्ध विभिन्न ब्राण्डहरुको प्रवद्र्धन गरिरहेका छौं । यस पटक डेल, एचपि, एमएसआई, बेन्क्यु, एडाटा, कास्पस्काई, एभिजन लगायतका ब्राण्डलाई रोखका छौं ।

इन्फोटेक राखिएका अन्य स्टल भन्दा कस्मिक के आधारमा फरक छ ?

स्टल डिजाइन र ले–आउटका हिसाब हामी विशेष छौं । हाम्रा स्टलहरुबाट पाइने उचित सल्लाह तथा परामर्श कारणले पनि हामी अझ बढी दर्शकमैत्री छौं । हाम्रा स्टलमा राखिएका सबै ब्राण्ड विश्व प्रशिद्ध एवं हाइरेन्जका छन् । अन्य स्टलमा भन्दा कस्मिकमा दर्शकको आकर्षण देखिन्छ । भर्चुअल रियालिटीले पनि दर्शकलाई कस्मिकमा आकर्षण गरिरहेको छ ।

इन्फोटेक लक्षित गरी नयाँ प्रडक्ट पनि भित्र्याउनुभएको छ ?

हामीले वर्षेनी पोखरामा कुनै न कुनै नयाँ प्रण्डक्ट भित्र्याउँन सफल छौं । यस पटक पोखरामा जारी क्यान इन्फोटेकलाई लक्षित गरी हाइरेन्जको पछिल्लो सिरिजको ग्राफिक्स कार्ड, गेमिङ ल्यापटप र डेक्स्टप एवं प्रोफेसनल सिरिन्जका बेन्क्यु ब्राण्डका मोनिटर तथा प्रोजेक्टरहरु यस वर्ष भित्र्याएका छौं । कास्र्पस्काई २०२० भर्सनको एन्टी भाइरस, इन्टरनेट सेक्युरिटी, टोटल सेक्युरिटी ल्याएका छौं । साथै अफिसियल प्रयोजनका लागि एभिजन ब्राण्डको ह्याभिड्युटी स्क्यानर पनि समावेश गरेका छौं । पोखरा क्षेत्रको डेल तथा एचपि ब्राण्डको आधिकारिक बिक्रेताको हिसावले विभिन्न सिरिजका ल्यापटप तथा डेक्सटपहरु पनि इन्फोटेकमा राखेका छौं ।

सूचना प्रविधिको व्यवसायमा कहिलेदेखि आबद्ध हुनुभयो ?

म बिगत करिब १५ वर्षदेखि यो व्यवसायमा जोडिएको छु । ५÷६ वर्ष प्राइभेट अर्गनाइजेसनमा काम गरेँ । त्यसपछि पोखराको न्युरोडमा कस्मिक कम्प्युटिङ सलुसन्स सुरु गरेको हुँ ।

कस्मिक कम्प्युटिङ सोलुसन नै किन ?

कर्पोरेट र हाइरेन्ज गेमिङ सेगमेन्टलाई हामीले प्राथमिकतामा राखेका छौं । पोखरामा हाइ रेन्जको कम्प्युटर तथा ल्यापटप चलाउन चाहनेको संख्या धेरै छ । कस्मिक भन्दा अगाडि पोखरामा हाइरेन्जको कम्प्युटर ल्यापटपका लागि काठमाडौंमा निर्भर हुने अवस्था थियो । तपाईं राम्रो ग्राफिक डिजाइनर, मुभी इडिटर हो, भिडियोमा खेल्न चाहनुहुन्छ, राम्रो प्रोजेक्ट बनाउनुहुन्छ, फिल्म मेकर हो, डकुमेन्ट्री बनाउनुहुन्छ, एनिमेसनको राम्रो विद्यार्थी हो भने तपाईंलाई चाहिने कम्प्युटरमा बजारमा पाइने सस्तो कम्प्युटर फरक हुन्छ । त्यही ग्यापलाई पुरा गर्नका लागि हामी बजारमा उपस्थित भएका हौं । प्रोफेसनल तथा हाइरेन्जको र भ्यालुएडेड सिरिजहरु हामीले बजारमा सुरु ग¥यौं । पोखराका धेरै व्यावसायिक प्रतिष्ठानहरु हाम्रो ग्राहक हुनुहुन्छ । व्यावसायिक प्रतिष्ठानहरुको रिक्वायरमेन्ट अनुसारका सामान हामीले उपलव्ध गराउछौं ।

jutta mela

यो व्यवसायका लागि पोखरामा बजार अवस्था कस्तो छ ?

पोखरामा मार्केट राम्रो छ । अपग्रेडिङ भइरहेको छ । हाई रेन्जको कम्प्युटर तथा ल्यापटपको डिमाण्ड बढिरहेको छ । एडभान्स लेभलको काम गर्न चाहनेको लागि सामान पनि त्यसै अनुशार चाहिन्छ । त्यस्ता रिक्वायरमेन्ट हामीले पुरा गरिरहेका छौं । पछि सम्मको भविष्य हेरेर काम गर्न चाहनेले कस्मिक रोज्नुहुन्छ ।

बिक्रीसँगै अन्य सेवा कसरी प्रदान गरिरहनुभएको छ?

हामी सोलुसन प्रोभाइडर पनि हौं । अफिस अटोमेसन तथा डिनाइन पनि गर्छौं । कस्तो कम्प्युटर चाहिन्छ, कुन प्रिन्टर प्रयोग गर्ने, नेटवर्किङ कस्तो हुन्छ, कस्तो नेटवर्क चलाउने, क्यामरा कसरी राख्ने लगायतका कुरा हामी आवश्यकता अनुसार सिकाउछौं । देशका विभिन्न स्थानमा सामान पुग्छन् । शोरुम बिजनेस पोखरा वरपर छ भने कर्पोरेट बिजनेस नेपाल भर छ । पूूर्वदेखि पश्चिमसम्म सामान जाने गरेका छन् । काठमाडौंसँग कोअर्डिनेसन गरेर काम गर्छौं ।

व्यवसाय संचालन गर्दा के कुरामा ध्यान दिनुपर्छ ?

सूचना प्रविधिको बजार बढिरहेको छ । यसमा व्यवसायी समयअनुसार अपडेट हुनु जरुरी छ । बजार फस्टाएको छ, तर जुन स्तरमा लेभल बढ्नुपर्ने हो त्यो भएको छैन । ग्राहकले पनि मूल्यमा मात्र नभई गुणस्तरमा पनि ध्यान दिनुपर्छ ।

बिक्री पछिको सेवा कस्तो छ ?

बिक्री पछिको सेवामा हामी सिरियस छौं । हामीसँग १२ जनाभन्दा धेरैको फुल टाइमर टेक्निकल टिम छ । पार्टटाइमर पनि हुनुहुन्छ । पोखरा भित्र सबै ठाउँमा हाम्रा स्टाफहरु पुगेका छन् । पोखरा बाहिर अन्य जिल्लामा काम गर्दा हामी त्यहाँको च्यानल प्रयोग गछौं । देशभरी नै सेवा दिन हामी सक्षम छौं ।

बजारमा प्रतिश्पर्धा कस्तो छ ?

अहिले बजारमा व्यावसायिक प्रतिश्पर्धा धेरै छ । व्यवसायी बढिरहेको अवस्था छ । पोखराका धेरै मानिस विदेशसँग पनि जोडिएका छन् । विदेशबाट सिधै सामान ल्याउने क्रम पनि बढेको छ । सबै कुरा व्यवस्थित बनाएर काम गर्ने हो भने अवसर पनि छ ।

बजारमा देखिने अस्वस्थ प्रतिस्पर्धाप्रति तपाईंको धारणा के छ ?

कस्मिक कम्प्युटिङ सलुसन्सले शतप्रतिशत अथोराइज्ड र जेन्युन सामानहरुको आधिकारिक बिक्रेता बनेर यो क्षेत्रमा सेवा दिइरहेको छ । हामीबाट पाउने गुणस्तरप्रति ग्राहकहरु सन्तुष्ट हुनुहुन्छ । हामी क्षणिक लाभ हानीमा भन्दा ग्राहकसँगको दुरगामी सम्बन्धमा विश्वास राख्छौं । कतिपयले मूल्यलाई मात्र प्राथमिकतामा राखेको पनि पाइन्छ । तर, हामी मूल्य मात्र होइन ब्राण्ड र यसको विश्वसनीयता तथा बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्छौं । त्यसकारणले पनि यो क्षेत्रका युवा एवं विभिन्न कर्पोरेट हाउसहरुको पहिलो प्राथमिकतामा छौं ।

You might also like

Comments are closed.