आफ्नै अत्याधुनिक सुविधा सम्पन्न भवनमा सर्दै जेनेक्स

पोखराको न्युरोडमा बिगत १० वर्ष अगाडिबाट सञ्चालित जेनेक्स ट्रेडर्स छिट्टै आफ्नै सुविधा सम्पन्न भवनमा सर्ने भएको छ । पोखराको न्युरोडमै ५ तले भवन निर्माण गरी ट्रेडर्सलाई अझ बढी सुविधा युक्त बनाउन लागिएको सञ्चालक नविन पौडेलले जानकारी दिए । यही आर्थिक वर्ष भित्रमा नयाँ भवनबाट सेवा प्रदान हुने उनले बताए ।

जेनेक्स ट्रेडर्स र जेनेक्स अटोमेसन प्रालिले सूचना तथा प्रविधिसँग सम्बन्धित सामग्रीहरुको बिक्री वितरण गर्दै आइरहेको छ । नयाँ भवनमा आइटी र इलेक्ट्रोनिक्स सम्पूर्ण सामग्रीहरु बिक्री वितरण हुने पौडेलले जानकारी दिए । अण्डरग्राउण्ड पार्किङ र लिफ्टको सुविधा रहेको भवन ५ हजार स्वायर फिटमा फैलिएको छ । फराकिलो स्पेस भएकाले हरेक ब्राण्डलाई ग्राहकले देख्ने गरी प्रदर्शन गरिने पौडेलले जानकारी दिए ।

जेनेक्सले धेरै प्रडक्टको लागि गण्डकी प्रदेशको आधिकारिक बिक्रेता भएर काम गरिरहेको छ । ल्यापटप र डेक्स्टप कम्प्युटरमा आसुस, लेनोभो र डेलको आधिकारिक बिक्रेता रहेर काम गरिरहेको छ । प्रिन्टरमा व्रदरको आधिकारिक बिक्रेता जेनेक्स हो । दाहुवा, डिजिकम, पानासोनिक, सामसुङ, स्यानसुइ, यसुदा, टिपिलिंक, नेटिस लगायत विभिन्न ब्राण्डलाई जेनेक्सले पोखरा क्षेत्रमा आधिकारिक बिक्रेता भएर काम गरिरहेको छ।

‘हाम्रो सेवाबाट ग्राहकहरु सन्तुष्ट छन् । हामीले नाफालाई भन्दा पनि ग्राहकको सेवालाई जोड दिएका छौं,’ पौडेलले भने, ‘सस्तो मूल्यमा ब्राण्डेड सामान पाउने भएकाले नै ग्राहकको रोजाईमा जेनेक्स परेको हो ।’ बिक्री पछिको सेवालाई समेत प्राथमिकतामा राखिएको पौडेलले बताए । ‘सूचना तथा प्रविधिसँग सम्बन्धित व्यवसायमा हामी पोखराको पहिलो रोजाईको परेका छौं,’ उनले भने, ‘ग्राहकबाट पाएको मायाले नै व्यवसायलाई समय अनुसार परिमार्जित गर्न प्रोत्साहन मिलेको छ ।’

नविन पौडेल सञ्चालक, जेनेक्स ट्रेडर्स
You might also like
Ram Tulasi Palpa

Comments are closed.