पोखरा इलेक्ट्रोनिक्स व्यवसाय संघ कास्कीको आयोजनामा पर्यटन प्रवद्र्धनात्मक भ्रमण सम्पन्न भएको छ । कार्यसमिति तथा आजीवन सदस्यहरुलाई सहभागी गराएर ५ दिनका लागि भ्रमण आयोजना गरिएको प्रथम उपाध्यक्ष एवं भ्रमण संयोजक दधिराम दाहालले जानकारी दिए ।
अध्ययन अवलोकन भ्रमणका क्रममा सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगुको रारासम्म टोली पुगेको दाहालले जानकारी दिए । पर्यटन प्रवद्र्धनसँगै व्यावसायिक अध्ययनको शिलशिलामा भ्रमण गरिएको उनले बताए । भ्रमणकै क्रममा सुर्खेत र दैलेखका इलेक्ट्रोनिक्स व्यवसायीहरुसँग भेटघाट तथा अन्तरक्रिया गरिएको दाहालले जानकारी दिए ।
Comments are closed.