पोखरा । पोखरामा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड स्थापनाको २४औं वर्ष प्रवेश गरेको छ । २०५३ साल चैत ३ गते स्थापना भएको फाइनान्सले सोमबार २३औं वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा फाइनान्सले सम्पूर्ण ग्राहकहरुप्रति आभार व्यक्त गरेको छ । राष्ट्रियस्तरको पोखरा फाइनान्सको चुक्ता पुँजी ९१ करोड ७२ लाख रुपैयाँ रहेको प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए ।
निक्षेप संकलन ७ अर्ब ३० करोड रुपैयाँ र कर्जा लगानी ६ अर्ब २९ करोड रुपैयाँ रहेको फाइनान्सको शाखा सञ्जाल प्रधान कार्यालयसहित २१ वटा छन् । फाइनान्सले ३५ हजार भन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको गुरुङले जानकारी दिए ।
गत आर्थिक वर्षमा कुल मुनाफाबाट ७ दशमलब २० प्रतिशत नगद लाभांश र ७ प्रतिशत वोनश सेयर गरी कुल १४ दशमलब २० प्रतिशत कुल लाभांश वितरण गरेको थियो ।






Comments are closed.