पोखरा, ९ चैत । पोखरा उद्योग वाणिज्य संघले कोरोना भाइरस ( कोभिड–१९ को सम्भावित संक्रमणबाट जोगिन अत्यावश्यकबाहेकका सबै उद्योग र व्यावसायिक प्रतिष्ठान बन्द गर्न उद्योगी÷व्यवसायीहरुसँग आग्रह गरेको छ ।
संघले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट गएको शुक्रबार राष्ट्रको नाममा संवोधन गर्दै कोरोना संक्रमणबाट बच्न र बचाउनका लागि गरिएको अपीलको अक्षरस पालना गर्न आग्रह गरेको हो । प्रधानमन्त्रीको संवोधनमा चैत ९ गतेबाट २१ गतेसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्न आह्वान गरेका थिए । सरकारले विभिन्न १९ वटा सेवालाई अत्यावश्यक मानेको छ । संघको विज्ञप्तिमा औषधि, पानी, इन्धन, दूध÷तरकारी÷खाद्यान्न लगायतका अत्यावश्यक सेवा प्रदान गर्ने उद्योगी÷व्यवसायीहरुलाई पनि सुरक्षाका सबै उपाय अवलम्बन गर्न आग्रह गरिएको छ । अत्यावश्यक सामान उत्पादन गर्ने उद्योग संचालन गर्दा पनि यही प्रक्रिया अपनाउन संघको आग्रह रहेको छ ।
संघका महासचिव अर्जुन पोखरेलद्धारा जारी विज्ञप्तिमा अत्यावश्यक बाहेकका सबै उद्योग÷व्यवसाय बन्द गर्ने, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने, भीडमा नजाने र ‘सेल्फ क्वारेण्टाइन’को विधिको पूर्ण पालना गर्न भनिएको छ ।
‘औषधि, पानी, इन्धन, दूध÷तरकारी÷खाद्यान्न लगायतका सेवाहरु प्रदान गर्नुपर्ने दायित्व पनि व्यवसायीहरुमाथि नै रहेको छ ’, विज्ञप्तिमा भनिएको छ,‘पोखरा उद्योग वाणिज्य संघ, संकटको यो घडीमा अत्यावश्यक सेवा प्रवाह गर्ने उद्योगी÷व्यवसायीहरुलाई सुरक्षाका सम्पूर्ण प्रबन्धसहित सेवा प्रवाह गर्न हार्दिक अपील गर्दछ ।’
यसैगरि संघले संकको यो घडीमा तोकिएको भन्दा बढी मूल्यमा सामान नलिन र आवश्यकताभन्दा बढी सामान भण्डारण नगर्न उपभोक्तासँग पनि आग्रह गरेको छ । संघले यसअघि पनि विज्ञप्ति जारी गर्दै ‘तोकिएको भन्दा बढी मूल्य नलिन र बिक्री बितरण तथा ढुवानी कार्यलाई पारदर्शी बनाउन माग गरेको थियो ।
संघले पोखराको टे«ड मलले त्यहाँ भाडामा रहेका व्यवसायीहरुलाई चैत महिनाको घर भाडामा ५०प्रतिशत र पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले एक महिनाको भाडा छुट दिएकोमा धन्यवाद ज्ञापन गर्दै यो अभियानमा सरिक हुन अन्य घरधनीहरुलाई पनि आग्रह गरेको छ ।
‘व्यवसाय नै बन्द गरी महामारी विरुद्धको अभियानमा लागि रहँदा पनि उद्योगी÷व्यवसायीलाई सुख छैन । बैंकको ब्याजदर र मासिक घरभाडाको तरबार टाउकोमा झुण्डिएकै छ’, महासचिव पोखरेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ संकटको यो घडीमा सक्दो विवेक प्रयोग गर्न संघ सम्पूर्ण घरबेटीहरुसँग हार्दिक अपील पनि गर्दछ । ’ संघले कर्जाको ब्याज मिनाहा र किस्ता बुझाउने समयसीमा बढाउन सरकारको ध्यानाकर्षण पनि गराएको छ । सीमा नाकामा भएको स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाउन, स्वास्थ्य सेवाको सुनिश्चितता ग्यारेण्टी गर्न पनि संघले सरकारसँग माग गरेको छ ।
नोट : विज्ञप्तिको पूर्ण पाठ सामेल छ ।
२०७६।१२।०९
प्रेस विज्ञप्ति
कोरोना भाइरस ( कोभिड–१९) ले उत्पन्न गराएको विश्वव्यापी संकटसँगै सम्भावित संक्रमण नियन्त्रणको लागि नेपाल सरकारले चालेका कदमहरुप्रति पोखरा उद्योग वाणिज्य संघ ऐक्यवद्धता व्यक्त गर्दछ ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट मिति २०७६ । १२ ।०७ गते राष्ट्रको नाममा संवोधन गर्दै कोरोना संक्रमणबाट बच्न र बचाउनका लागि गर्नुभएको अपीलको अक्षरस पालना हुनुपर्छ भन्ने संघको मान्यता रहेको छ । संघ, सर्वप्रथम, कोरोना भाइरसको संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको सूचना अनुसारका सुरक्षाका उपाय अपनाउन सम्पूर्ण उद्योगी÷व्यवसायी तथा आम नगारिकसँग हार्दिक अनुरोध गर्दछ । अत्यावश्यक बाहेकका सबै उद्योग÷व्यवसाय बन्द गर्ने, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने, भीडमा नजाने र ‘सेल्फ क्वारेण्टाइन’को विधिको पूर्ण पालना गर्नु नै वर्तमानको पहिलो कर्तव्य हो भन्ने संघको ठम्याई रहेको छ ।
कोभिड–१९ को महामारीले अर्थतन्त्र र उद्योगी÷व्यवसायीलाई ठूलो मारमा पारेको छ । सरकारले नै अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने घोषणा गरेकाले व्यवसायहरु बन्द भएका छन् । यद्यपी, राज्यको आग्रह र आफ्नो दायित्व अनुसार औषधि, पानी, इन्धन, दूध÷तरकारी÷खाद्यान्न लगायतका सेवाहरु प्रदान गर्नुपर्ने दायित्व पनि व्यवसायीहरुमाथि नै रहेको छ । पोखरा उद्योग वाणिज्य संघ, संकटको यो घडीमा अत्यावश्यक सेवा प्रवाह गर्ने उद्योगी÷व्यवसायीहरुलाई सुरक्षाका सम्पूर्ण प्रबन्धसहित सेवा प्रवाह गर्न हार्दिक अपील गर्दछ । अत्यावश्यक सामान उत्पादन गर्ने उद्योगहरुले तथा ढुवानी गर्ने व्यवसायीहरुले पनि पूर्ण सुरक्षा व्यवस्था अपनाउनै पर्छ भन्ने हाम्रो मान्यता हो । आयात तथा निर्यात गर्ने व्यवसायीहरुले पनि आफू सुरक्षित रहँदै आयात÷ निर्यात कार्य गर्न÷ गराउन संघ हार्दिक अपील गर्दछ । यसै सन्दर्भमा, बिक्रीबितरण तथा ढुवानीमा कार्यलाई पारदर्शी,सरल र प्रभावकारी बनाउन,मूल्य नबढाउन व्यवसायीहरुसँग आग्रह गर्दै अनावश्यक रुपले अत्यावश्यक सामानहरुको भण्डारण नगर्न पनि सर्वसाधारणसँग पोखरा उद्योग वाणिज्य संघ पुनः अनुरोध गर्दछ ।
व्यवसाय नै बन्द गरी महामारी विरुद्धको अभियानमा लागि रहँदा पनि उद्योगी÷व्यवसायीलाई सुख छैन । बैंकको ब्याजदर र मासिक घरभाडाको तरबार टाउकोमा झुण्डिएकै छ । यस्तो अवस्थामा पोखराको चिप्लेढुंगामा रहेको पोखरा टे«ड मल प्रालिले त्यहाँ भाडामा रहेका व्यवसायीहरुलाई चैत महिनाको भाडामा ५० प्रतिशत छुट प्रदान गरेको छ भने पोखरा महानरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङबाट पनि भाडा छुटको घोषणा भएको छ । पोखरा उद्योग वाणिज्य संघ यो सत्कार्यको लागि पोखरा टे«ल मलको व्यवस्थापन समूह तथा उपमेयर गुरुङप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै यो अभियानमा ऐक्यवद्धता जनाउन र सक्दो विवेक प्रयोग गर्न सम्पूर्ण घरबेटीहरुसँग हार्दिक अपील पनि गर्दछ । चैत मसान्तको मुखमा व्यवसायीहरुले लिएको कर्जाको समयसीमा बढाउन र ब्याज मिनाहाको व्यवस्था मिलाउन सरकार र नेपाल राष्ट्र बैंकसँग यसअघि गरिएको आग्रहको संघ पुनः स्मरण गर्दछ ।
संकटबाट सामूहिक प्रयासले मात्रै मुक्ति सम्भव छ । कोरोना भाइरसको सम्भावित संक्रमण रोकथामको लागि हामी एकजुट हुनु नै छ । यस्तो अवस्थामा सरकारले सीमा नाकाहरुबाट हुने आवागमनलाई अझ व्यवस्थित बनाउँदै आवश्यक स्वास्थ्य परीक्षण प्रणालीलाई व्यवस्थित गरोस् भन्ने पनि हाम्रो माग रहेको छ । यसका साथै कोरोना भाइरसको संक्रमण रोकथामको पूर्ण प्रत्याभूति गर्न, आवश्यक सूचना सम्प्रेषण गर्न हामी सरकारसँग माग पनि गर्दछौँ । यो विषम परिस्थितिमा आफ्नो विकेक प्रयोग गर्दै धैर्यताका साथ सुरक्षित रहन संघ पुन ः उद्योगी ÷व्यवसायी तथा आम नागरिकहरुसँग हार्दिक अपील गर्दछ । कोरोना भाइरसबारे आवश्यकता अनुसार सूचनाहरु प्रवाह गरिरहने तथा व्यवसायीहरुसँग सधैँ सम्पर्कमा रहिरहने पनि संघको प्रतिवद्धता रहेको छ । संकटको यो घडीमा उद्योगी÷व्यवसायीहरुलाई सुरक्षाको पूर्ण प्रबन्ध गर्न तथा त्यसको व्यवस्था मिलाउनको लागि आवश्यक सूचना प्रवाह गर्न पोखरा उद्योग वाणिज्य संघ सम्पूर्ण बस्तुगत संघहरुसँग अपील पनि गर्दछ ।
धन्यवाद !
अर्जुन पोखरेल
महासचिव




Comments are closed.