पोखरा । गण्डकी प्रदेशसभा कास्की क्षेत्र नं १ (१) का सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले कोरोना रोकथाम तथा व्यवस्थापन कोषमा सहयोग गर्ने घोषणा गरेका छन् ।
प्रदेश सरकारको बुधबार बसेको बैठकले कोरोना रोकथाम तथा व्यबस्थापन गर्न गण्डकी प्रदेशमा १५ करोडको कोष निर्माण गर्ने घोषणा गरेसंगै सभापति कोइरालाले आफ्नो १५ दिनको तलब उक्त कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।
सभापति कोइरालाले विश्वभरी महामारीको रुपमा फैलिएको कोराना (कोभिड–१९) को रोकथामाको लागि सबैले आआफ्नो ठाउँबाट हातेमालो गर्न आवश्यक रहेको बताए । कोही जनतालाई समस्या परेमा आफूलाई फोन गर्नसमेत उनले आग्रह गरे ।
Comments are closed.