व्यवसायीलाई राहतः चैतको किस्ता असारमा तिर्ने व्यवस्था

असार मसान्तसम्म किस्ता तिर्दा कुनै जरिवाना नलाग्ने

काठमाडौं । कोरोनो भाइरस (कोभिड–१९) को संक्रमणका कारण नेपालसहित संसारभरको अर्थतन्त्र तहसनहस भएको अवस्थामा नेपाल राष्ट्रबैंकले केही राहत हुनेगरी दिर्नेशन जारी गरेको छ ।

बैंकबाट कर्जा लिने ऋणिहरुलाई चैत मसान्तसम्म बुझाउनुपर्ने सावा र व्याज असार मसान्तसम्म बुझाए हुने व्यवस्था राष्ट्रबैंकले गरेसँगैै ऋणिहरुलाई केही राहत भएको छ । कोरोना भाइरसका कारण व्यवसाय नै बन्द गरेर बस्नुपर्ने बाध्यताले व्यवसायीहरु चिन्तित छन् । असार मसान्तसम्म किस्ता तिर्दा कुनै जरिवाना नलाग्नेसमेत राष्ट्रबैंकले जनाएको छ ।

 

You might also like

Comments are closed.