‘बैंकको किस्ता समय कम्तीमा ५ महिना बढाउनुपर्छ’

ट्याक्सीलाई एम्बुलेन्स बनाउन तयार छौं : तिवारी

ऋणको किस्ता समय नसार्ने हो भने भोलि धेरै गाडी बैंकले तान्न सक्ने अवस्था सिर्जना हुनेछ । सार्वजनिक सवारीहरु मध्य ९५ प्रतिशत भन्दा बढी बैंकको ऋणमा छन् । यी सवारीलाई एकमुष्ट तान्यो भने बैंकले कहाँ राख्ने ?

कोरोना भाइरस (कोभिड–१९) ले यतिबेला संसारभर आतंक मच्चाएको छ । यो विषम परिस्थितिबाट अछुतो रहन नेपालले पनि सकेन । फलस्वरुप गत चैत ११ गतेदेखि नेपालमा लकडाउन छ । यो अवस्थामा लकडाउनको पूर्ण कार्यान्वयन गर्न सम्पूर्ण यातायात व्यवसायी तथा मजदुरहरुलाई म अनुरोध गर्न चाहन्छु । कोरोना जोखिम कम गर्न सरकारले चालेका हरेक कदममा साथ दिनुपर्ने हाम्रो दायित्व र कर्तव्य हो ।

लकडाउन अझै कहिले खुल्ने हो भन्ने अन्यौल छ । यो अवस्थामा आम यातायात व्यवसायी तथा मजदुरहरु मर्कामा परेका छन् । लकडाउन खुलिसकेपछि पनि तत्काल यो व्यवसाय नियमित रुपमा सञ्चालन हुनसक्ने अवस्था छैन । सबैभन्दा समस्या मजदुर तथा व्यवसायीहरुलाई बैंकको किस्ताले बनाएको छ । लकडाउन खुल्नासाथ सवारी सञ्चालन गरेर बैंकको किस्ता तिर्न सकिने अवस्था छैन । यस्तो विषम परिस्थितिमा ऋणको समयावधि बढाउन म सरकारसँग अनुरोध गर्दछु । असारसम्ममा किस्ता तिर्न सकिने व्यवस्था हुनु सकारात्मक भएपनि असारमा ३÷४ महिनाको किस्ता एकैपटक तिर्न सकिने अवस्था रहँदैन । दैनिक ज्यालादारी गरेर खाने ट्याक्सी चालक तथा मजदुरहरुलाई भोलि लकडाउन खुलिसकेपछि कसरी बैंकको किस्ता तिर्ने भन्ने चिन्ताले पिरलेको छ । यस्तो अवस्थामा ऋणको समय कम्तीमा पनि ५ महिना बढाउनुपर्ने देखिन्छ । बैंकको किस्ता तिर्ने अवधि बढाएमा धेरै राहत हुनेछ ।

jutta mela

ऋणको किस्ता समय नसार्ने हो भने भोलि धेरै गाडी बैंकले तान्न सक्ने अवस्था सिर्जना हुनेछ । सार्वजनिक सवारीहरु मध्य ९५ प्रतिशत भन्दा बढी बैंकको ऋणमा छन् । यी सवारीलाई एकमुष्ट तान्यो भने बैंकले कहाँ राख्ने ? संसारका विकसित राष्ट्रमा समेत सार्वजनिक सवारीमा सरकारको लगानी हुन्छ । यहाँ हाम्रो अनुरोध बैंकको किस्ता सारेर व्यवसायी र मजदुरलाई राहत दिनुपर्यो भन्ने मात्रै हो । भोलिका दिनमा आम्दानी सुरु भएपछि सरकारलाई सहयोग गर्न हामी तयार छौं । अहिले हामीलाई समस्या हुँदा सरकारले अभिभावकत्व प्रदान गर्नुपर्छ ।

नेपाल पनि कोरोनाको उच्च जोखिममा छ । यो परिस्थितिमा कोरोना नफैलियोस भन्ने हाम्रो चाहना छ । यदि समस्या सिर्जना भयो र आवश्यकता पर्यो भने ट्याक्सीहरुलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न पनि हामी तयार छौं । लकडाउनको समयमा पैदल हिडेका यात्रुहरुलाई सरकारले भन्छ र निर्देशन दिन्छ भने सम्बन्धित जिल्लामा पुर्याउन हामी हाजिर छौं । अन्तमा सम्पूर्ण यातायात मजदुर तथा व्यवसायीलाई घरमै बसेर कोरोना जोखिमबाट बच्न म आग्रह गर्दछु । मजदुर साथीहरुलाई खाद्यान्न अभाव भएमा सम्बन्धित वडामा जानकारी गराई समन्वय गर्न म अनुरोध गर्दछु र आवश्यक परेमा हामी सहकार्य गर्न तयार छौं ।

कुराकानीमा आधारित

You might also like

Comments are closed.