अनलाइन शिक्षण कसरी गर्ने? डिजी स्कुल नेपालले सुरु गर्यो नि:शुल्क प्रशिक्षण

पोखरा
चैत्र पहिलो हप्ता परिक्षा लिएर रोकिएको बिद्यालयको पढाइ जहाँको त्यहिं ठप्प छ । कोरोना (कोभिड१९) का कारण लाखौं बालबालिकाको पढाइमा असर त परेको छ नै संगै शैक्षिकसत्रलाई समेत नराम्रो धक्का पुग्ने निश्चित छ ।

यस अवस्थामा शिक्षण संस्थाले अनलाइन शिक्षण र अनलाइन सिकाइ प्लेटफर्म तथा अनलाइन स्रोतको सदुपयोग गर्नु अनिवार्य आवस्यकता बनेको छ ।

यस विषम परिस्थितिलाई मध्यनजर गर्दै बेलायतको एन सि सि एजुकेसनको आईटी पाठ्यक्रम अनुसार कक्षा १ देखि ११ सम्म नेपालमै अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा सुरु गरेको डिजी स्कुल नेपालले लकडाउनका बेला कसरी अनलाइन कक्षा सन्चालन गर्ने भनेर निजी तथा सरकारी स्कुलका शिक्षकहरुलाई निशुल्क प्रशिक्षण सुरु गरेको छ ।

प्रशिक्षणमा अनलाइन कक्षा सिर्जना, कक्षा गतिविधि गृह कार्यहरू र असाइनमेन्ट दिने, नोटहरू दिँदै कक्षा रेकर्डिंग, अनलाइन प्रस्तुतीहरू, स्लाइड साझेदारी, तस्विर र भिडियो साझेदारी सम्बन्धि सिकाइने बताइएको छ ।

बालबालिकाको लागि शिक्षा अपरिहार्य भएकोले यस महामारीमा सामाजिक दूरी कायम गर्दै प्राध्यापन गराउन सघाउनका लागि निशुल्क अनलाइन प्रशिक्षण सुरु गरिएको डिजी स्कुल नेपालका प्रवद्र्धक सफ्ट्वेरिका कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए ।

lcci
You might also like

Comments are closed.