पोखरा रोयलद्वारा सहुलियत प्रदान, ब्याजमा १० प्रतिशत छुट

 

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई सहुलियत प्रदान गर्ने भएको छ । असार १५ गतेसम्म ब्याज भुक्तानी गर्नेलाई १० प्रतिशत ब्याज छुट दिने निर्णय सहकारीले गरेको हो ।

देशमा लकडाउन शुरु भएको दिनदेखि असार मसान्तसम्म हर्जना नलाग्ने र लक डाउन अवधिभर तिर्नुपर्ने किस्ताको समय पनि थप गर्ने सहकारीका वरिष्ठ प्रवन्धक मीलन ढकालले जानकारी दिए ।

पोखराको बुद्धचोक र तनहुँको दुलेगौंडामा रहेको एटिएम मेसिन तथा अन्य बैंक तथा वित्तीय संस्थाको एटिएमबाट पैसा निकाल्दा कुनैपनि शुल्क नलाग्ने सहकारीले जनाएको छ ।

लक डाउनका कारण मन्दी छाईरहेको अवस्थामा  छुटले सदस्यहरुलाई थोरै भएपनि राहत हुने प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.