राजश्व विभागको सूचनाले अचम्मित बनाएको छः सुनार

किसान सुनार
अध्यक्ष, पोखरा चेम्बर अफ कमर्श, कास्की

आन्तरिक राजश्व विभागले जारी गरेको सूचनाले हाम्रो ध्यानाकर्षण गराएको छ । यस सूचनाले उद्योगी व्यवसायीलाई अचम्मित बनाएको छ । यस्तो समयमा सूचना जारी गर्नु गैरजिम्मेवारी प्रदर्शन गर्नु हो ।

लकडाउनको समयमा घर बस्न आग्रह गर्ने अनि व्यवसायी कसरी कर तिर्न जाने भन्ने सोच्नुपर्छ । आर्थिक चलायमान पनि ठप्प छ । अहिले यो असम्भाव जस्तै छ ।

अहिलेको परिप्रेक्ष्यमा कर तिर्ने समयावधी थप्नुको कुनै विकल्प छैन । यस अवधिमा सञ्चालन भएका तथा काम गरेका उद्योगी, व्यवसायीको लागि हो भने पनि यो मान्य छैन । सञ्चालन गरिएका उद्योग व्यवसाय पनि सेवा दिने हिसावले मात्र सञ्चालन गरिएको छ । सञ्चालन भएका कतिपय निर्माणका काममा पनि भुक्तानी भएको छैन । काम सम्पन्न नभएसम्म सम्वन्धित निकायले रकम फर्र्छौट गर्दैनन् ।

(कुराकानीमा आधारित)

You might also like

Comments are closed.