पोखरा । नेपाल व्युटिसियन संघ गण्डकी प्रदेश र व्युटिपार्लर एशोसिएसन कास्कीले विभिन्न माग सहित सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशमा हालै ज्ञापनपत्र बुझाएको छ । कोभिड–१९ का कारण महिलाहरुको स्वरोजगार पेशा नाजुक अवस्थामा पुगेकाले पेशालाई संरक्षित गर्न माग गरिएको वरिष्ठ सल्लाहकार चिनु गुरुङले जानकारी दिइन् ।
व्युटिपार्लर व्यवसायीले लकडाउन अवधिभरको घरभाडामा सरकारले लकडाउनको शुरुवाती अवस्थामा घोषणा गरेजसरी नै व्यवहारिक रुपमा कडिकडाउ गर्न आग्रह गरेका छन् । बैंकबाट ऋण लिएर सानो लगानीबाट पेशा व्यवसाय सञ्चालन गरेका व्यवसायीको लागि कम्तिमा ६ महिना पछि किस्ता तिर्ने गरी ब्याज छुटको व्यवस्था गर्नुपर्ने संघका अध्यक्ष कल्पना कोइरालाले जानकारी दिइन् ।
सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्ने हुँदा स्वास्थ्य सुरक्षाको लागि आवश्यक सुविधा उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ । प्रदेश सरकारले आगामी बजेटमा व्यवसाय संरक्षण गर्ने खालको बजेट ल्याउनुपर्ने व्यवसायीले माग गरेको सचिव व्युटिपार्लर एसोसिएसन कास्कीका सचिव बबिता केसी कार्कीले जानकारी दिइन् ।




Comments are closed.