नेपाल सौर्य विद्युत उत्पादक संघमा गौतम

पोखरा, १९ पुस । नेपाल सौर्य विद्युत उत्पादक संघको अध्यक्षमा किरण गौतम सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा हालै सम्पन्न १७औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा ईन्द्र खनाल, प्रथम उपाध्यक्षमा प्रकाशविक्रम बस्नेत, द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, महासचिवमा सुनील ढकाल, सचिवमा किरण प्रधान र कोषाध्यक्षमा विनोद सापकोटा निर्वाचित भए । निवर्तमान अध्यक्ष उत्तम सिटौला समितिमा पदेन सदस्य रहनेछन् ।

कार्यकारी सदस्यहरुमा केशवप्रसाद दाहाल, दीपक जोशी, विश्वविक्रम जोशी, ओम केसी, रुद्रबहादुर पुन, नवीन शाही, भरत मल्ल, श्रीराम अधिकारी, पदम भट्टराई, दीपक गौतम र जितेन्द्र भट्टराई निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष गौतमले जानकारी दिए । जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले साधारणसभा उद्घाटन गरेकी थिइन् । उक्त अवसरमा बोल्द उनले नेपालको नवीकरणीय ऊर्जाको क्षेत्रमा सौर्य विद्युत उत्पादक संघको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राडा जीवराज पोखरेल, पूर्वमन्त्री गणेश साह, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल, नेपाल नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकाललगायतले नवीकरणीय ऊर्जाको महत्वका बारेमा धारणा राखेका थिए ।

You might also like

Comments are closed.