अनमोल सहकारीले गर्यो कर्मचारीको कोरोना बीमा

पोखरा ।
पोखरा १७ छोरेपाटमा रहेको अनमोल बचत तथा ऋण सहकारी संस्थाले कर्मचारीहरुकोे कोरोना बीमा गरेको छ ।कोरोना महामारी बढिरहेको समयमा कर्मचारीको सुरक्षालाई ध्यान दिएर कर्मचारीको बीमा गरिएको सहकारीका म्यानेजर खिमलाल सुवेदीलले जानकारी दिए ।

सहकारीले जनरल इन्स्याेरेन्स कम्पनी नेपाल लि. मार्फत आफ्ना सम्पुर्ण कर्मचारीको कोरोना बीमा गरेको हो । जनरल इन्स्याेरेन्स कम्पनी नेपाल लि.का मार्केटिङ अफिसर सञ्जय पौडेलले सहकारीका म्यानेजर खिमलाल सुवेदीलाई एक कार्यक्रमका विच बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।

You might also like

Comments are closed.