सरकारले चलाउन भन्दा भन्दै पनि किन चलेन सार्वजनिक यातायात ?

काठमाडौं । सरकारले सार्वजनिक यातायात खोल्ने निर्णय गरेपनि यातायात चलेका छैनन् । व्यवसायीहरुले तत्काल सार्वजनिक यातायात संचालन गर्ने वातावरण बन्न नसकेको बताउँदै आएका छन् । यातायात सञ्चालनका लागि व्यवसायीहरुले शर्त राखेका छन् ।

सरकारले अग्रिम तयारी नगरी एक्कासी गाडी चलाउन निर्देशन दिएको सार्वजनिक यातायात केन्द्रीय महासंघले जनाएको छ । महासंघले लकडाउनभरीको बिमा, ब्याज र केही अनुदान दिन सरकारसँग माग गरेको छ । आफूहरुले सरकारलाई सहयोग गर्न चाहँदाचाहँदै पनि आपसी सल्लाह नगरिकन एकतर्फी रुपमा यातायात सञ्चालन गराउन खोजेको आरोप व्यवसायीको छ ।

सार्वजनिक यातायातका सबै सवारी साधनलाई विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले व्यवस्था गर्नुपर्ने र यातायात मजदुरको स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण व्यवस्था हुनुपर्ने उनीहरुको माग छ ।

jutta mela

यस्तै बैंक किस्ता तथा ब्याजदर पूर्ण सरलीकरण हुनुपर्ने, चार महिनाको बन्दाबन्दी अवधिको ब्याज छुट र थप चार महिनाको गाडी सञ्चालन भएतापनि किस्ता तिर्न नसक्ने हुँदा किस्ता तिर्ने अवधि बढाएर असोज मसान्तसम्म पुर्याउनु पर्ने, साना, ठुला, मझौला सवारी साधनको सिट मापदण्ड अनुसार यात्रु राखेर सञ्चालन गर्न नसकिने, कर छुट हुनुपर्ने तथा एक वर्षसम्म जरिवाना नलाग्ने व्यवस्था गर्नुपर्ने, लकडाउनको बिमा प्रिमियम अवधिको छुट हुनुपर्ने लगायतका माग व्यवसायीले राखेका छन् ।

यी माग पुरा भएमात्र सार्वजनिक सवारी चलाउने भनिएको छ । यदि सरकारले माग पुरा गर्न नसके सरकारलाई नै तालाचाबी बुझाउने महासघंले चेतावनी दिएको छ ।

You might also like

Comments are closed.