नयाँबर्षमा सुजकीले ल्यायो ह्याप्पी न्यू कार अफर

पोखरा, १२ वैशाख ।
मारुती सूजुकी कम्पनीको गाडीहरुको गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रालिले सुजुकी ह्याप्पी न्यू कार अफर सार्वजनिक गरेको छ ।
नयाँ वर्ष २०७५ को उपलक्ष्यमा ल्याईएको यो योजना अन्तर्गत ग्राहकहरुले सुजुकीका विभिन्न मोडल अनुसार १ लाख ५० हजार देखी ९ लाख रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने बतास व्रदर्श मारुती सुजुकीका विक्री प्रवन्धक नवराज अधिकारीले जानकारी दिए ।

‘सुजुकीले विभिन्न समयमा ग्राहकमुखी योजनाहरु ल्याएको छ । यस क्षेत्रमा अग्रणी रहेको सुजुकी व्राण्डको प्रवद्र्धन तथा विक्री वढाउन योजना फलदायी हुने अपेक्षा गरेका छौँ’ विक्री प्रवन्धक अधिकारीले भने‘ यसअघिका योजनाहरु जस्तै यो स्किम पनि लोकप्रिय हुन्छ।’ मारुती सुजुकीका गाडीहरुको नेपालको आधिकारिक विक्रेता चौधरी गु्रप अन्तर्गतको सिजी मोटोकर्प रहेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.