क्यान महासंघ प्रदेशको सूचना प्रविधि सम्बन्धी अन्तरक्रिया

पोखरा, १३ वैशाख ।

कम्प्युटर एसोसिएसन महासंघ नेपाल प्रदेश नं ४ को आयोजनामा सूचना प्रविधि सम्वन्धी अन्तक्र्रिया तथा क्यालेन्डर लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोलाको अध्यक्षता तथा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सूचना तथा प्रविधिमैत्री प्रदेश बनाउने अवधारणाका साथ अगाडि बढ्नुपर्ने बताए । ‘विद्युत्तीय साक्षरताका लागि स्पष्ट भिजन, लक्ष्य र योजनाका साथ अगाडि बढ्नुपर्छ,’ उनले भने ‘भ्रष्टाचार न्युनीरकणको लागि पनि इ–गभर्नेन्स आवश्यक छ ।’

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव फणिन्द्रमणि पोखरेलले आइटीपार्क स्थापना गर्न सबै लाग्नुपर्ने बताए । ‘शहरको विकासको लागि पहिला गाउँको विकास गर्नु आवश्यक छ’ उनले भने, ‘सूचना तथा प्रविधि सम्वन्धी शिक्षा शहरमा मात्र नभई गाउँगाउँसम्म पु¥याउनुपर्छ ।’

क्यान महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज कुँवरले स्मार्ट सिटी भन्दा पहिले स्मार्ट नागरिक बनाउनुपर्नेमा जोड दिए । नेपालमा क्यानको ५९ शाखा रहेको र युएसए र जापानमा पनि संस्था बिस्तार भएको बताए । विदेशमा भएको २ च्याप्टरका कारण सूचना प्रविधि क्षेत्रका नयाँ प्रविधि भित्र्याउन सहज भएको छ उनले बताए ।

महासंघका केन्द्रीय सचिव जगन बहादुर गुरुङले मुलुकको समृद्धिका लागि सूचना तथा प्रविधिको विकास अनिवार्य भएको बताए । क्यान महासंघ कास्कीका पूर्व अध्यक्ष चण्डीप्रसाद अर्यालले आफूहरु रोजगारको सृजना गर्न तयार रहेको बताए । साथै सरकारलाई वातावरण तयार गर्न आग्रह गरे । ‘विभिन्न अध्ययन गरी क्यानले आफ्नो पाठ्यक्रम तयार पारेको छ,’ उनले भने । क्यान महासंघ कास्कीका अध्यक्ष युवराज पौडेलले सुचना प्रविधिको विकासमा आफुहरु लागिरहेको र प्रदेशले गर्ने काममा सहयोग गर्ने जानकारी दिए ।

गण्डकी कलेज अफ साइन्स एण्ड इन्जिनियरिङका प्राचार्य रविप्रसाद बरालले विश्वमा आर्थिक रुपान्तरणको आधार सूचना प्रविधि भएको बताए । ‘नेपालमा भने सूचना प्रविधि क्षेत्रमा धेरै विकास गर्नु आवश्यक छ,’ उनले भने, ‘राज्यले यसमा ध्यान दिनु जरुरी छ ।’ अहिलेको शिक्षा सैद्धान्तिक भन्दा पनि प्रयोगात्मक हुनुपर्ने र त्यसमा सूूचना तथा प्रविधिको प्रयोग गर्नु सकेमा दक्ष जनशक्ति उप्तादन गर्न सकिनेमा उनले जोड दिए । कार्यक्रममा महासंघ प्रदेश उपाध्यक्ष तथा कार्यक्रम संयोजक तुलसीराम पाण्डेले स्वागत मन्तव्य राखेका थिए भने संचालन कोषध्यक्ष देव बोकटीले गरेका थिए ।

lcci
You might also like

Comments are closed.