धादिङ, मकवानपुर र थाहा उद्योग बाणिज्य संघको टोलीलाई लेखनाथमा स्वागत

 

लेखनाथ ।

धादिङ्ग, मकवानपुर र थाहा उद्योग बाणिज्य संघको एक प्रतिनिधी टोलीलाई लेखनाथ उद्योग बाणिज्य संघले विहिवार एक कार्यक्रमका विच स्वागत तथा सम्मान गरेको छ ।

नेपाल उद्योग बाणिज्य महासंघको ५४ औ बार्षिक साधारण सभा तथा चुनावका सिलसिलामा आएको भ्रमण टोली र लेखनाथ उद्योग बाणिज्य संघका पदाधिकारीका बिच सहकार्यका आधारमा अगाडी वढ्ने र संघ— संघ विचको सम्वन्धलाई अझ बढि प्रभावकारी बनाउर्दै भाईचाराको सम्वन्ध विस्तार गर्नु पर्ने सुझाव राखिएको थियो ।

स्थगित भएको महासंघको निर्वाचनलाई सहमतिका आधारमा यथासक्य चाडो गराउनु पर्नेमा धारणा राखिएको छलफल कार्यक्रममा खुल्ला तर्फ महासंघको सदस्य पदमा उमेदवार दिन लाग्नु भएका धादिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बोदनाथ दवाडी, धादिङ्ग उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, मकवानपुर उद्योग बाणिज्य संघका कोषाध्यक्ष अनिल अग्रवाल, थाहा उद्योग बाणिज्य संघका अध्यक्ष कविराज खत्री र लेखनाथ उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पूर्व अध्यक्ष बावुराम गिरी लगाएतले संघहरु विचको अनुभवलाई एक आपसमा साटासाट गर्दै ब्यवसायीक हक हितका सवालमा आवाज उठाउनु पर्नेमा जोड दिईएको थियो ।

संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव गोपिचन्द्र वास्तोलाले संचालन र प्रथम उपाध्यक्ष विनोद श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

यसै विच महासंघको ५४ औं बार्षिक साधारण सभा तथा अधिवेसनका लागि लेखनाथ उद्योग बाणिज्य संघले पुर्व अध्यक्ष बाबुराम गिरीलाई गण्डकी प्रदेश केन्द्रिय सदस्य पदमा उमेदवारी दिने घोषणा यस अघि नै गरिसकेको छ ।

You might also like

Comments are closed.