रिलायन्स लाइफका कर्मचारी र अभिकर्ताहरुद्वारा पहिरो पीडितलाई सहयोग

बेनी । रिलायन्स लाइफ ईन्स्योरेन्स कम्पनीका कर्मचारी र अभिकर्ताहरुले म्याग्दीका पहिरो पीडितहरुलाई आर्थिक सहयोग गरेका छन् । कम्पनीको बेनी शाखाले आयोजना गरेको एजेन्सी म्यानेजर सम्मान कार्यक्रममा सहभागी कर्मचारी र एजेन्सी म्यानेजरहरुबाट संकलित रकम १५ हजार ५ सय ५५ रुपैयाँ शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीलाई हस्तान्तरण गरिएको हो ।

सो अवसरमा म्याग्दी जिल्लामा वाढी पीडितलाई सहयोग गर्ने विमा कम्पनीहरु मध्ये रिलायन्स लाइफ ईन्स्योरेन्स कम्पनी पहिलो भएको भनी सहायक प्रमुख जिल्ला अधिकारीले धन्यवाद समेत प्रकट गरे ।

jutta mela

कम्पनीका क्षेत्रीय प्रमुख सुदिपराज ढुङ्गाना, बेनी शाखाका प्रमुख मुक्ति पौडेल, कुश्मा उपशाखाका प्रमुख प्रशन्न शर्मा पौडेल, बागलुङ शाखाका प्रमुख मिना जिसी कँडेल, बेनी शाखाका मार्केटिङ अफिसर ज्ञानु बानियाँ लगायतको टोलीले रकम हस्तान्तरण गरेका थिए ।

एजेन्सी म्यानेजर सम्मानको अवसरमा बेनी शाखा गोल्ड स्ट्यान्डर पर्फर्मर भएकोमा कम्पनीका क्षेत्रीय प्रमुख सुदीपराज ढुङ्गानाबाट प्रमुख पौडेल र मार्केटिङ अफिसर बानियाँलाई सम्मान पत्र र दोसल्ला सहित सम्मान प्रदान गरिएको थियो । उक्त कार्यक्रममा सर्वोत्कृष्ठ कारोबार गर्ने  एजेन्सी म्यानेजर राजन बानियाँ र अन्जना शर्मा चोखाललाई ट्रफि सम्मान पत्र तथा दोसल्लाले सम्मान गरिएको थियो । उक्त अवसरमा उत्कृट कारोवार गर्ने ४० जना एजेन्सी म्यानेजरहरुलाई शुभकामना सहित सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो ।

 

You might also like

Comments are closed.