कोरोना विरुद्ध लड्न सरकारलाई नबिल बैंकको साथ, ६ करोड रुपैयाँ सहयोग

काठमाडौं । विश्वव्यापी फैलिएको कोरोना महामारीको नियन्त्रणमा नेपाल सरकारलाई नबिल बैंकले साथ दिएको छ । उक्त महामारी नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपाचार कोषलाई बैंकले ६ करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र बैंकका सीएसआर टास्कफोर्सका संयोजक निर्वाण चौधरीले उक्त रकमको चेक अर्थमन्त्री डा. युवराज खतिवडालाई आइतबार हस्तान्तरण गरे ।

कोरोना भाइरसको विश्वव्यापी महामारीको खतरनाक प्रभावका विरूद्ध लड्न सरकारलाई बैंकले सहयोग गरेको प्रमुख कार्यकारी अधिकृत शाहले आर्थिक आवाजलाई बताए ।

‘नबिल बैंकले नेपालमा कोरोना भाइरस महामारीको प्रभावहरू विरुद्ध लड्न नेपाल सरकारको प्रयासमा योगदान पुर्याउन पाउँदा खुसी लागेको छ,’ शाहले भने, ‘यो महामारी विरुद्ध लड्नका लागि सरकारलाई सबैंले साथ दिनुपर्छ ।’ बैंकले हस्तान्तरण गरेको सहयोगमा नबिलका सम्पूर्ण ग्राहक तथा सेवाग्राहीहरुको अपनत्व जोडिएको शाहले बताए ।

You might also like

Comments are closed.