आज रातिदेखि पोखरा महानगरमा निशेधाज्ञा, हिडडुल गर्नसमेत निशेध

पोखरा । आज (मंगलबार) राति १२ बजेदेखि लागु हेन गरी पोखरा महानगरपालिकामा निशेधाज्ञा लागू हुने भएको छ । जिल्ला विपद व्यवस्थापन केन्द्रको निर्णय अनुसार आज रातिदेखि ५ दिनका लागि निशेधाज्ञा हुने भएको हो ।

निशेधाज्ञामा अत्यावश्यक सवारीसाधन बाहेक केही पनि सञ्चालन हुनेछैन । मानिसहरु घरबाहिर हिडडुल गर्नसमेत निशेध गरिएको छ । पोखरा महानगरपालिकामा कोरोना भाइरसको संक्रमण बढेसँगै यस्तो निर्णय भएको हो ।

You might also like

Comments are closed.