पोखरा । पोखराका फोटो पत्रकार राधिका कँडेल फोटोग्राफी प्रतियोगितामा तृतीय भएकी छन् । फोटो पसलको आयोजनामा भएको ‘कोभिड–१९ फोटो प्रतियोगिता’मा कँडेल तृतीय भएकी हुन् । विश्व फोटोग्राफी दिवसको अवसर पारेर फोटो पसलले प्रतियोगिता आयोजना गरेको थियो ।
देशभरबाट सहभागी १ हजार ९ सय फोटोहरु मध्यमा तेस्रो हुन सफल हुँदा निकै गौरव महसुस भएको कँडेलले बताइन् । तृतीय हुँदै कँडेलले नगद ५ हजार रुपैयाँ पुरस्कारसमेत प्राप्त गरेकी छन् । कँडेल राष्ट्रिय समाचार समितिमा आबद्ध फोटो पत्रकार हुन् ।

कँडेलले कोरोना संक्रमित व्यक्तिको शव पोखराको मझुवामा गाड्ने क्रमको भावविह्वल तस्बिर खिचेकी थिइन् । सो तस्बिर सामाजिक सञ्जालमा समेत भाइरल बनेको थियो ।
प्रतियोगितामा फोटो पत्रकार झग्गुप्रसाद चौधरीको तस्बिर प्रथम र रविन कार्कीको तस्बिर द्वितीय हुन सफल रह्यो । प्रथमले नगद २५ हजार द्वितीयले नगदा १० हजार रुपैयाँ पुरस्कार पाए ।




Comments are closed.