एजेन्सी । विश्व व्यापी महामारी बनेर फैलिएको कोरोना भाइरस आगामी २ वर्षभित्रमा पूर्ण रुपमा नियन्त्रणमा आउन सक्ने सम्भावना रहेकोे विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले बताएका छन् ।
शुक्रबार जेनेभामा बोल्दै उनले सन् १९१८ मा फैलिएको स्पेनिस फ्लूको महामारी नियन्त्रणमा आउन पनि दुई वर्ष लागेको भन्दै कोरोना भाइरस पनि आगामी २ वर्ष भित्रमा नियन्त्रणमा आउन सक्ने आशा रहेको उल्लेख गरे ।
हामीसँग रहेको प्रविधिको भरपुर प्रयोग गरे अझै चाँडै नै यो भाइरस नियन्त्रणमा आउन सक्ने सम्भावनासमेत रहेको उनले भनाइ छ । राष्ट्रिय एकता तथा विश्वव्यापी सहकार्यले मात्रै यो भाइरसको नियन्त्रण सम्भव रहेको पनि उनको भनाइ छ ।
हेलचक्राई गरे यो महामारीले अझै बिकराल रुप लिने समेत उनले चेतावनी दिए । सन् १९१८ मा फैलिएको स्पेनिस फ्लूकाबाट संसारभर करिब ५ करोड मानिसहरुले मृत्यु भएको थियो ।
Comments are closed.