टेम्पल ट्रि रिसोर्टलाई ट्राभलर्स च्वाइस अवार्ड

पोखरा । पोखराको लेकसाइडमा रहेको टेम्पल ट्रि रिसोर्टले ट्राभलर्स च्वाइस अवार्ड प्राप्त गरेको छ । प्रशिद्ध ट्राभल वेबसाइट कम्पनी ट्रिप एडभाइजरले सन् २०२० का लागि टेम्पल ट्रिलाई उक्त अवार्ड प्रदान गरेको हो ।

फरकशैलीको सेवा, सुविधा तथा आतिथ्यताबाट पर्यटकलाई आकर्षित गर्न सफल रिसोर्टलाई ट्रिप एडभाइजरले यस अगाडि ३ पटकसम्म नेपालका उत्कृष्ट १० होटल तथा रिसोर्टभित्र पार्दै अवार्ड प्रदान गरिसकेको छ । सन् २०१३, २०१४ र २०१५ मा टेम्पल ट्रि उत्कृष्ट १० भित्र परेको थियो ।

अगोडा डट कमले पनि टेम्पल ट्रिलाई ९ दशमलव ४ रेटिङ दिदै अवार्ड प्रदान गरेको प्रवन्धक कृष्ण आचार्यले जानकारी दिए । रिसोर्टमा ७० वटा रुम छन् । लेकसाइड भित्र भएर पनि बुटिक रिसोर्ट सञ्चालनमा ल्याएर आन्तरिक तथा बाह्य पर्यटकलाई स्तरीय सेवा प्रदान गर्न टेम्पल ट्रि सफल छ । ‘पाहुनाबाट प्राप्त मायाले नै हामीले अवार्ड पाउन सफल भएका हौं,’ आचार्यले भने, ‘हामी हाम्रा पाहुनाप्रति आभारी छौं ।’

नेपालको पश्चिम हिमाली संस्कृति झल्कने बनेको रिसोर्टले पर्यटकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको सञ्चालक वसन्त गौतम बताउँछन् । स्विमिङ पुल, जिम, स्पा लगायत पर्यटकीय गतिविधिका लागि रिसोर्टमा पर्याप्त पूर्वाधार छन् । पोखराको लेकसाइडस्थित होटलहरु भिडभाडभित्र रिसोर्ट सञ्चालन गरेर पर्यटकलाई आकर्षित गर्न सफल हुनुका पछाडि रिसोर्टले प्रदान गर्ने उत्कृष्ट सेवा नै रहेको बताउँछन् गौतम ।

You might also like

Comments are closed.