पाहुनाहरुको मन जितेर कुटी रिसोर्टले ‘ट्राभलर्स च्वाइस अवार्ड’ पाउँदा खुसी छौंः सञ्चालक केसी

पोखरा । युवा व्यवसायी देवेन्द्र केसीले सञ्चालनमा ल्याएको कुटी रिसोर्टले सन् २०२० का लागि ट्राभलर्स च्वाइस अवार्ड प्राप्त गरेको छ । प्र्रशिद्ध ट्राभल वेबसाइट कम्पनी ट्रिप एडभाइजरले कुटी रिसोर्टलाई उक्त अवार्ड प्रदान गरेको हो ।

थ्रि स्टार सरहको सेवा सुविधा प्रदान गरिरहेको रिसोर्टमा ५१ वटा कोठा छन् । कुटी रिसोर्टलाई समय सान्दर्भिक र स्तरीय बनाउँदै अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्न आफूहरु सफल रहेको सञ्चालक देवेन्द्र केसीले बताए । ‘रिसोर्टमा आउने पाहुनाको मन र विश्वास जितेर ट्राभलर्स च्वाइस अवार्ड पाउँदा निकै खुसी छौं,’ केसीले भने ।

‘कोरोनाको कारण पर्यटन र यातायात व्यवसायले धेरै समस्या भोग्नुपर्यो’

पर्यटन क्षेत्रमा कोरोना प्रभाव कस्तो रह्यो ? पर्यटन व्यवसायी देवेन्द्र केसी यसो भन्नुहुन्छ…।

Gepostet von Arthik Awaj am Samstag, 22. August 2020

 

रिसोर्टमा इन्डोर हिटर स्विइमिङ पुल, रुफटप गार्डेन, सेमिनार हल, स्पा, स्टिम, मसाज लगायतको सेवा सुविधा उपलब्ध छन् । ‘अर्गानिक रेष्टुरेन्ट हाम्रो विशेषता हो,’ उनले भने, ‘साँस्कृतिक कार्यक्रमले पनि पाहुनालाई आकर्षित गर्छ ।’

पाहुनाको मागलाई मध्यनजर गरी रिसोर्टले लेकसाइडकै बगैंचामार्गमा होटल कुटी पनि सञ्चालनमा ल्याएको छ । जहाँ ४० वटा कोठा छन् । होटल कुटीसँगै सुविधा सम्पन्न बैंक्युट हलसमेत सञ्चालनमा आइसकेको छ ।

You might also like

Comments are closed.