हरपल फुड्सले नेपाली बजारमा ल्यायो ‘शुभमालिका’ जिरा मसिनो चामल

काठमाडौं । हरपल फुड्स प्रा.लि.ले नेपाली बजारमा शुभमालिका ब्राण्डको चामल बिक्री वितरणको सुरुवात गरेको छ । यस अगाडि बिगत १५ वर्षदेखि हरपल रिच राइस चामलको बिक्री वितरण गरिरहेको हरपल फुड्सले नयाँ ब्राण्डको शुभमालिका सावा मसिनो चामललाई नेपाली बजारमा भित्र्याएको हो । २५ केजीको प्याकमा नेपाली बजारमा यो चामल उपलब्ध छ ।

नेपाली उपभोक्ताको माग बमोजिम शुभमालिका चामलको बिक्री वितरण सुरुवात गरिएको प्रा.लि.का प्रवन्धक तारामान धामीले जानकारी दिए । शहरदेखि गाउँसम्मका सबै वर्ग, समुदाय र क्षेत्रका व्यक्तिहरुले प्रयोग गर्न सक्ने सस्तो र गुणस्तरयुक्त शुभमालिका चामल नेपाली बजारमा ल्याउन सफल भएको धामीले बताए ।

हरपल फुड्सले नेपाली बजारमा ल्यायो ‘शुभमालिका’ जिरा मसिनो चामल

हरपल रिच राइस चामलले बिगत १५ वर्षदेखि नेपाली उपभोक्ताको माया निरन्तर पाउँदै मन जित्न सफल भएपछि शुभमालिका जिरा मसिनो चामल बजारमा ल्याउन थप प्रेरणा र हौसला मिलेको धामीको भनाइ छ ।

Gepostet von Arthik Awaj am Freitag, 4. September 2020

हरपल रिच राइस चामलले बिगत १५ वर्षदेखि नेपाली उपभोक्ताको माया निरन्तर पाउँदै मन जित्न सफल भएपछि शुभमालिका जिरा मसिनो चामल बजारमा ल्याउन थप प्रेरणा र हौसला मिलेको धामीको भनाइ छ । प्रालिले बिगत ६ वर्षदेखि दीपम सोनम जिरा मसिनो चामलसमेत बिक्री वितरण गरिरहेको छ ।

हरपल रिच राइस २० केजी र ५ केजीमा बजारमा उपलब्ध छ । मधुमेहका बिरामीलाई लक्षित गरेर हरपल उसिना चामल २० केजी र ५ केजीको प्याकमा पनि उपलब्ध छ । जम्बो पियोर बास्मती चामल ५ केजी र १ केजीको प्याकमा उपलब्ध रहेको धामीले जानकारी दिए । हरपल पसन चामल स्टिम र बोइल गरेर २० र ५ केजीमा उपलब्ध छ । दीपम सोनम जिरा मसिनो चामल २५ केजीमा बजारमा उपलब्ध रहेको उनले बताए ।

‘हरपल ब्राण्डले नेपाली उपभोक्ताको मन र विश्वास जित्न सफल भएको छ,’ धामीले भने, ‘उपभोक्ताबाट निरन्तर प्राप्त मायाबाटै हामीलाई थप हौसला प्राप्त भएको छ ।’ हरपल रिच राइस शहर केन्द्रित भइरहेकामा शुभमालिका ब्राण्ड शहरदेखि गाउँ लगायत देशभरको बजारमा लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ ।

You might also like

Comments are closed.