सामुदायिक विद्यालय पोखरा लेखनाथ महानगरको अध्यक्षमा देवराज शर्मा

पोखरा, ३० बैशाख ।

सामुदायिक विद्यालय साविकको उच्च माध्यमिक तह कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरूको एकमात्र साझा छाता संगठन नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन पोखरा लेखनाथ महानगरपालीकाको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ ।

देशकै सवैभन्दा ठुलो पेखरालेखनाथ महानगर भित्र रहेका मावि तह कक्षा ११ र १२ मा अध्यापनरत सम्पुर्ण शिक्षकहरुको सो भेला तथा प्रथम अधिवेशनबाट युनियन कास्कीका सचिव समेत रहेका देवराज शर्माको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सो समितिको उपाध्यक्षमा माधव अधिकारी, सचिवमा चक्रपाणी सुवेदी, सहसचिवमा सत्यराज कँडेल, कोषाध्यक्षमा पवित्रा बराल, सदस्यहरूमा हरि प्रसाद देवकोटा, दिपक त्रिपाठी, विष्णु देवकोटा, मदन थापा, हरि के.सी. चुडामणी तिमिल्सिना, सविन चन्द्र तिवारी, रामचन्द्र अधिकारी, युवराज पोख्रेल, भोजराज अधिकारी, कृष्ण भट्टराई र प्रकाश पन्त रहेका छन ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्वर ४ का सामाजिक विकास मन्त्रि नरदेवी पुन मगरले अहिलेको सरकारले यस क्षेत्रका  समस्या समाधानको लागि पहल कदमी लिनेगरी कार्यक्रम अगाडी बढाउने बताईन् । कार्यक्रमका नेपाल राष्ट्रिय शिक्षक सँगठनका केन्द्रिय उपाध्यक्ष दिपक पौडेल, सामुदायिक उच्च माध्यामिक शिक्षक युनियनका केन्द्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख ताराप्रसाद पोखरेल, राष्ट्रिय परिक्षा वोर्ड पोखराका प्रमुख हरिसरण वाग्ले, युनियनका प्रदेश अध्यक्ष सर्वहरी पौडेल, युनियन कास्कीका सल्लाहकार पुनम राणा वस्नेत, पदम प्रसाद दवाडी, वेदहरी तिमिल्सिना लगायतको उपस्थिती रहेको थियो ।

युनियन कास्कीका अध्यक्ष शंकर तिवारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन युनियन कास्कीका जिल्ला सचिव देवराज शर्माले र उपाध्यक्ष विजय शर्माले स्वागत गरेका थिए ।

lcci
You might also like

Comments are closed.