अर्बपति चौधरीले जिते कोरोना

काठमाडौं । नेपालका एकमात्रै अर्बपति बिनोद चौधरीले कोरोनालाई जितेका छन् । यस अगाडि कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि होम आइसोलेसनमा बसेका चौधरीको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ ।

आफूले कोरोना जितेको सामाजिक सञ्जालबाटै चौधरीले घोषणा गरेका छन् । यस अगाडि कोरोना पोजेटिभ रिपोर्ट आउँदासमेत चौधरीले सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका थिए ।

‘तपाईंहरुको उत्कट माया र प्रेरणाले मलाई १० दिनसम्मको एकान्तबासमा ठूलो ऊर्जा दियो,’ उनले भनेका छन्, ‘त्यही ऊर्जाकै कारण म आज कोरोनाको संक्रमणबाट मुक्त भएको छु ।’

You might also like

Comments are closed.