बिहीबार पनि सुनको मूल्य बढ्यो

काठमाडौं ।बिहीबार पनि सुनको मूल्य बढेको छ । बुधबार को तुलनामा बिहीबार सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला ९६ हजार ४ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य बिहीबार ९६ हजार ८ सय रुपैयाँँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य बुधवार ९६ हजार ३ सय रुपैयाँ छ भने चाँदीको मूल्य १ हजार ३ सय २५ रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.