नयाँ हुण्डाई ‘आउरा’ नेपाली बजारमा (यस्ता छन् विशेषताहरु)

पोखरा । नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नयाँ हुण्डाई आउरा नेपालमा सार्वजनिक गरेको छ । नयाँ स्टाइलिश सेडान आफ्नो सेगमेंटमा सबैभन्दा शक्तिशाली र सुबिधा युक्त ट्रेन्डसेटरको रूपमा स्थापित हुन तयार रहेको कम्पनीले जनाएको छ । देशभरको बजारसहित पोखरामा आउराको बिक्री सुरुवात भएको पोखरा क्षेत्रको आधिकारिक बिक्रेता एल.आई. मोटर्सका सेल्स एण्ड अपरेसन म्यानेजर भीमसिंह खत्रीले जानकारी दिए ।

‘सेडान गाडीहरु नेपाली बजारमा लोकप्रिय छन् र येहि समयमा बजारलाई एक स्टाइलिश, विलासी र आरामदायी सेडान प्रदान गर्नु हुण्डाइको लागि अटोमोबाईल उद्योगमा नयाँ तथा उल्लेखनीय स्तर सेट गर्न सही कदम हुनेछ,’ लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.का जिएम रूपेश शर्मा भट्टले भने, ‘यो ब्रान्डले ग्राहकहरुबाट उल्लेखनीय प्रशंसा प्राप्त गर्न सक्षम भएको छ । हुन्डाईले पनि यस लेगसीलाई जारी राख्नेछ र सबै ग्राहकहरूलाई आधुनिक र प्रीमियम अनुभव प्रदान गर्नेछ ।’

नयाँ हुण्डाई आउरा एक आकर्षक सेडानको निम्ती विकसित गरिएको खत्रीले जानकारी दिए । गाडीको डिजाइन एक उत्कृष्ट नमुना बनेको उनले बताए । आधुनिक र प्रभावशाली डिजाइनको साथै हुण्डाईको उत्कृष्ट डिजाइन भाषा ‘सेन्सियस स्पोर्टनेस’मा बनेको छ ।

आउराको अग्रभागले Unique Twin boomerang Daytime Running Light -DRL को साथै Premium Satin Front Grill को साथ Projector Fog Lamp डिस्प्ले गरेको छ । साइड प्रोफाइलले यसको Coupe जस्तो स्टाइल र विलासी भोल्युमद्वारा युनिक स्पोटइनेस दर्साएको छ । औराको विशिष्ट रियर डिजाइनमा Wide Stance, robust sporty bumper डिजाइन र Stylish Z Shaped LED Tail Lamp 5 छ । यसको ट्रंक कभरमा रहेको क्रोम स्ट्रिपको गार्निश र ग्लोसी कालो ¥यापले यसलाई आफ्नो सेग्मेन्तको सबैभन्दा स्टाइलिस सेडान बनाएको छ ।

नयाँ हुँण्डाई Aura को उत्कृष्ट ड्राइभिङ परफोरमेन्स र गतिशीलताले ड्राइभरलाई आनन्द प्रदान गर्नेछ । यस गाडीले विभिन्न कुशल र उन्नत powertrains को छनौट प्रदान गर्दछ । यसको प्रमाणित 1.2L Kappa Dual VTVT Petrol ले 83 PS power @ 6,000 RPM / 11.6 KGM torque @ 4,000 RPM उत्पन्न गरी इन्धनको दक्षता सुधार गर्दछ । हुण्डाईले आजको बजारको आवश्यकतालाई अनुकुल गर्दै विभिन्न उत्पादनहरु प्रदान गर्दै आएका छन् जुन हुण्डाई Aura को आराम्दायी सुबिधामा देख्न सकिन्छ । यो वास्तवमै स्टाइल, अनुपात, वास्तुकला र टेक्नोलोजीको सबैभन्दा उत्तम मिश्रण बनेको छ ।

यस्का साथै, यो एकीकृत रुपमा बलियो शरीर संरचनामा निर्मित रहेको ६५ प्रतिशत Advanced High Strength Steel (AHSS+HSS) एप्लिकेसन भएको गाडी हो । जसले उच्च शक्तिसंग हल्का शरीरको वजन सुनिश्चित गर्दछ । यसको  संरचना उन्नत रिंग स्ट्रक्चर एल्लिकेसोनका साथ सुसज्जित छ जसले उत्कृष्ट सुरक्षाको लागि स्थिरताका साथै गतिशीलतालाई अनुमति दिन्छ, तनावमुक्त ड्राइभिङ र उत्तम क्र्यास ऊर्जा शोषणको लागि उत्तम सक्रिय र निष्क्रिय सुरक्षा प्रदान गर्न उन्नत सुरक्षा प्रणालीको साथ Low NVH र Superior handling प्रदान गर्दछ ।

साथै, यसमा Front Dual Airbags, Anti-lock Braking System (ABS) with Electronic Brakeforce Distribution (EBD), Rear Parking Sensor and Emergency Stop Signal जस्ता सुरक्षा सुविधाहरू पनि उपलब्ध छन् ।

हुण्डाई Aura ‘S’ भेरियन्टको 1.2 Kappa Dual VTVT Petrol engine को 1,197cc मा मात्र उपलब्ध हुनेछ । यस गाडी चार विभिन्न कलर भेरियन्ट, Fiery Red, Titan Grey, Typhoon Silver र Polar White उपलब्ध छ जस्को सुरुवाती मुल्य रु।३३,९६,००० रहेको छ ।

नेपाली ग्राहकको लागी हुण्डाइ सबैभन्दा बढी रुचाइएको गाडी हुन सफल भएको छ । हुण्डाइले सदैब आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय प्रिमियम उत्पादनहरुका साथै उत्कृष्ट सर्भिसको अनुभव प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.