सार्वजनिक बस चलाउन जगदम्बाको तयारी, बसलाई गरियो सेनिटाइज (भिडियोसहित)

काठमाडौं । स्तरीय सार्वजनिक बस सञ्चालन गर्दै आइरहेको पोखरा जगदम्बा ट्राभल्सले सेवा सञ्चालनको तयारी गरेको छ । लकडाउन तथा निशेधाज्ञाका कारण लामो समयदेखि बन्द रहेको बस सेवालाई सुचारु गर्ने तयारी गरिएको सञ्चालक केशवप्रसाद अधिकारीले जानकारी दिए ।

यसैक्रममा बसलाई सेनिटाइज गरिएको छ । कोरोना संक्रणम त्रास कम गर्दै सुरक्षित यात्रा गर्ने वातावरण बनाउन बसलाई भित्र र बाहिर डिसइन्फेक्टिङ गरिएको अधिकारीले जानकारी दिए । ‘सरकारले जारी गरेको स्वास्थ्य निर्देशिकाको पूर्ण पालना गर्दै बस सञ्चालन गर्छौं,’ अधिकारीले भने ।

सिट संख्या भन्दा आधि यात्रु राखेर सेवा सञ्चालन हुने उनले बताए । यात्रुले माक्स लगाउनुपर्नेछ भने बसमा चढ्नु अघि तापक्रम नाप्ने व्यवस्था गरिने अधिकारीले जानकारी दिए । असोज ५ गतेबाट सार्वजनिक बस सञ्चालन गर्ने निर्णय सरकारले गरिसकेको छ ।

You might also like

Comments are closed.