पर्यटकको आकर्षक गन्तव्य रुपाकोट रिसोर्ट, कोरोना महामारीकै बीचमा लगानी बिस्तार

सुरेन्द्र पौडेल

रुपा र बेगनास तालको दृश्यावलोकनका लागि मात्रै होइन खोला, गाउँ, वन र हिमालयको मनोरम दृश्य अवलोकनका लागि पनि कास्कीको रुपाकोट रिसोर्ट पर्यटकको आकर्षक गन्तव्य बनेको छ । रिसोर्टले पर्यटकलाई आकर्षित गरेसँगै यतिबेला थप संरचना निर्माणको कामलाई पनि तिब्रता दिइएको छ ।

कास्कीको रुपाकोटमा सञ्चालित रुपाकोट रिसोर्टले लगानी बिस्तार गरेको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सञ्चालित रुपाकोट रिसोर्टले २५ वटा कोठा थप गर्दैछ । यस अगाडि रिसोर्टमा ४२ वटा कोठा थिए । अब रिसोर्टले ६७ वटा कोठाबाट पर्यटकलाई सेवा प्रदान गर्ने सञ्चालक पुष्पराज अधिकारीले जानकारी दिए ।

jutta mela

कोरोना महामारीले पर्यटन व्यवसाय ठप्प रहेको अवस्थामा समेत रिसोर्टले थप संरचना निर्माण कार्यलाई तिब्रता दिइरहेको छ । रिसोर्टमा लवी र रिसेप्सनलाई फराकिलो बनाउने काम भइरहेको छ । ‘करिव ५० हजार स्क्वायर फिट थप संरचना निर्माण गर्दैछौं,’ सञ्चालक अधिकारीले भने । २ वटा रेष्टुरेन्ट, स्पा, साउना, मेडिटेसन हल, योगा हल, जिम हल, स्विमिङ पुलसहित पाँच तारे होटलमा चाहिने सम्पूर्ण सेवा पर्यटकलाई प्रदान गरिने अधिकारीले जानकारी दिए । थप संरचना निर्माण भइसक्दासम्म रिसोर्टमा एक अर्ब १० करोड रुपैयाँ भन्दा बढी लगानी हुने बताइएको छ ।

‘रुपाकोट पोखराबाट धेरै टाढा छैन,’ सञ्चालक अधिकारी भन्छन्, ‘शान्त वातावरणमा सुन्दर दृश्यहरु अवलोकन गर्दै रमाउन चाहने पर्यटकका लागि रुपाकोट रिसोर्ट आकर्षक गन्तव्य बनेको छ ।’

एक दिनका लागि होटल बुकिङ गरेर आएका पर्यटक रुपाकोटमा ४ दिनसम्म बसेको अधिकारीको अनुभव छ । ‘पर्यटकको बसाईं लम्ब्याउन पनि रिसोर्टले सहयोगी भूमिका निर्वाह गरेको छ,’ उनले भने । रिसोर्ट २ सय रोपनी जग्गामा फैलिएको छ ।

रुपाकोटमा जन्मिएका अधिकारीले आफ्नो जन्मथलोमा केही गर्ने सोचका साथ रिसोर्टमा लगानी गरेको बताउँछन् । पर्यटकीय सम्भावना बोकेको रुपाकोटमा रिसोर्ट निर्माण पछि पर्यटन विकासमा महत्वपूर्ण योगदान पुगेको विश्वास गर्न सकिन्छ । रिसोर्ट रोयल ट्रेकको रुटमा पर्छ । ‘पर्यटक आउँदैनन् भनेर रुपाकोट मानिसहरुले छाडेको ठाउँ हो,’ अधिकारीले भने, ‘अहिले रोयल ट्र्ेकका कारण पर्यटकको संख्या बढिरहेको छ । पर्यटक बढाउन रिसोर्टले योगदान पु¥याएको छ ।’

‘रुपाकोट रिसोर्टलाई थप सुविधा सम्पन्न बनाउँदैछौं’

पुष्पराज अधिकारी, सञ्चालक, रुपाकोट रिसोर्ट

कोरोना महामारीको समयमा पनि रिसोर्टको थप संरचना निर्माणको कार्य कसरी भइरहेको छ ।

हामीले अहिले २५ वटा कोठा थप गर्दैछौं । लवी र रिसेप्सनलाई ठुलो बनाउन करिव ५० हजार स्क्वायर फिट थप कन्स्ट्रक्सन गर्दै थियौं । शुरुवातसँगै कोरोना महामारी र लकडाउनका कारण रोकिएको थियो । कुनै समयमा काम गर्ने मजदुर पाइएन भने कुनै समयमा निर्माण सामग्री भएनन् । अहिले कन्स्ट्रक्सनको काम अगाडि बढाएका छौं । लकडाउन खुलेसँगै निर्माणको काम केही तिव्र भएको छ ।

कहिलेसम्म काम सक्ने योजना छ ?

हाम्रो योजना दशैंबाट यसलाई शुरु गर्ने थियो । योजना अनुसार काम गर्न पाएनौं । अब केही समय ढिला भएर नेपाली नयाँ वर्षसम्म सञ्चालन गर्ने योजना छ ।

सेवा तथा सुविधा बिस्तारसँगै रिसोर्टमा के–कस्ता सुविधा थपिनेछन् ?

रुपाकोट रिसोर्टलाई थप सुविधा सम्पन्न बनाउँदैछौं । रिसोर्टलाई पाँचतारे बनाउने हाम्रो योजना छ । होटलमा चाहिने सबै सुविधाको निर्माण हामीले गरिरहेका छौं । लक्जरियस टुरिस्टको लागि मात्र नभएर अन्तर्राष्ट्रियस्तरका राष्ट्र प्रमुख, सरकार प्रमुख लगायत ठुला ठुला कर्पोरेट तथा विजनेश सिइओहरुलाई समेत टार्गेट गरेर धेरै सुविधा सम्पन्न रुम तथा अन्य सेवा सुविधा पनि थप गरेका छौं । पाँच तारे होटलमा हुने सबै सुविधा हुन्छन् ।

घुम्नका लागि मात्र रिसोर्ट आउने पर्यटकको संख्या कस्तो छ ?

हाम्रोमा घुम्नका लागि मात्र आउने पर्यटकको संख्या पनि धेरै राम्रो छ । विशेषगरी दिउँसोको समयमा यहाँबाट देखिने दृष्यहरुको अवलोकन गर्ने र खाजा, खाना खाने उद्देश्यले पनि धेरै आउनुहुन्छ । यहाँबाट देखिने प्राकृतिक दृष्यले सबैको मन तानेको छ । हाम्रो आतिथ्यताका बारेमा बुझ्नका लागि पनि आउनुहुन्छ ।

पर्यटन व्यवसायको लामो अनुभव यहाँसँग छ । अबको पर्यटन व्यवसाय कसरी अगाडि बढ्छ भन्ने लाग्छ ?

अहिले यसै भन्न सक्ने अवस्था छैन । हामी सबैलाई कोरोना महामारीले प्रभावित गरेको छ । कोरोनाको भ्याक्सिन आएर २÷४ महिनामा नर्मल हुन पनि सक्छ । केही समय जान पनि सक्छ । इफेक्टिभ भ्याक्सिन छिट्टै आयो भने १ वर्षमा हामी नर्मल अवस्थामा जान सक्छौं ।

You might also like

Comments are closed.