पोखरा । गण्डकी प्रदेशमा १ सय ५ जनालाई डेंगु लागेको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार २०२० जनवरीदेखि सेप्टेम्बरसम्मका उक्त संख्यालाई डेंगु भएको हो ।
सो अवधिमा म्याग्दीका ६४ जनालाई र कास्कीका २० जनालाई डेंगु भएको छ ।
त्यसैगरी प्रदेशभर ५४ जनालाई स्क्रब टाइफस रोग लागेको छ । यो रोगबाट पनि म्याग्दीका नै धेरै प्रभावित भएका छन् । म्याग्दीका ४३ जनालाई यो रोग लागेको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
तस्बिरमा हेर्नुहोस् विस्तृत विवरणः
Comments are closed.