पोखरा । बन्द रहेका सम्पूर्ण व्यापार व्यवसाय सुचारु गर्न र आगामी दिनमा पुनः बन्द नगर्न पोखराका व्यवसायीहरुले माग गरेका छन् । अर्थतन्त्रलाई चलायमान बनाउन बन्द गर्न नहुने पोखरेली व्यवसायीहरुको माग छ । सहज रुपमा व्यवसाय गर्न पाउनुपर्ने मागसहित व्यवसायीहरु बिहीबार स्वतस्फूर्त रुपमा सडकमा आएका हुन् ।
बन्द रहेको सबै व्यवसाय खुलाउन र पुनः बन्द नगर्न माग गर्दै व्यवसायीहरु सडकमा
बन्द रहेको सबै व्यवसाय खुलाउन र पुनः बन्द नगर्न माग गर्दै व्यवसायीहरु सडकमा
Gepostet von Arthik Awaj am Donnerstag, 17. September 2020
चाडपर्व नजिकिदै गर्दा पुनः बन्द हुने होकी भनेर व्यवसायी चिन्तित बनेका छन् । प्रायः व्यवसाय सुचारु भइसक्दा पनि व्युटिपार्लर, सैलुन, पार्टीप्यालेस, सिनेमाहल लगायतक केही व्यवसायी बन्द छन् । बन्द रहेका सम्पूर्ण व्यवसायहरु पनि तत्काल खुल्ला गर्न उनीहरुले माग गरे ।

सम्पूर्ण व्यवसाय खुलाउन र पुनः बन्द नगर्न व्यवसायीहरुले गरेको मागलाई पोखरा उद्योग वाणिज्य संघलेसमेत समर्थन गरेको महासचिव अर्जुन पोखरेलले जानकारी दिए । ‘अब सबै व्यवसाय खुलाउनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने, ‘आगामी दिनमा पनि बन्दाबन्दी गर्न हुँदैन । कोरोनासँगसँग जुध्दै अगाडि बढ्न व्यवसायीहरु तयार छन् ।’
कार्यक्रममा वस्तुगत संघसंस्थाका तथा विभिन्न संघसंस्थामा आबद्ध व्यवसायीहरुको सहभागिता थियो । पोखराको बिपिचोकमा भएको कार्यक्रममा व्यवसायीहरु प्लेकार्डसहित उपस्थित थिए । कार्यक्रममा पोखरेली व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको वरिष्ठ सौन्दर्य व्यवसायी तथा पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चिनु गुरुङले जानकारी दिइन् ।




Comments are closed.