ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार नीतिः थापा

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले दुई वर्ष भित्र बृद्धभत्ता पाँच हजार पुग्ने बताएका छन् ।
पोखरा महानगरपालिका वडा नं. १७ सितापाइलास्थित पोखरा बृद्धाश्रमको २४ औं वार्षिक साधारण सभा तथा विशेष अधिवेशनको बुधबार उद्घाटनका अवसरमा बोल्दै थापाले सरकारले ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा सुविधा सहित निःशुल्क स्वास्थ्य उपचारको नीति लिएको बताए ।
विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरसको कारण मुलुकमा परेको अप्ठेरो परिस्थितिका कारण यस वर्षमा बृद्धभत्तामा केही बृद्धि गरेपनि लक्ष्यमा पुग्न नसकेको उनको भनाई छ ।
ज्येष्ठ नागरिकले प्राप्त गर्ने सेवा सुविधामा् वर्तमान सरकारले कुनै किसिमको कन्जुस्याई नगर्नेमा जोड दिंदै प्रदेश सभा सदस्य थापाले सामाजिक सुरक्षाका हरेक बिषयलाई उच्च प्राथमिकताका साथ अघि बढाएको धारणा राखे ।
तीनै तहका सरकारले सामाजिक न्याय सहितको विकास निर्माणलाई अघि बढाएको बताउँदै थापाले त्यसको प्रतिफल देखिन भने समय लाग्ने बताए । असहाय ज्येष्ठ नागरिकलाई पोखरा वृद्धाश्रमले पु¥याउदै आएको सहयोग प्रसंशायोग्य रहेको बताउँदै उनले बृद्धाश्रमको भौतिक पूर्वाधार विकासका लागि आप्mनो तर्पmबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
वृद्धाश्रमका कार्यवाहक अध्यक्ष कुशुम केशव पराजुलीले आश्रम सञ्चालनको क्रममा विश्वव्यापी पैmलिएको कोरोना भाइरसको संक्रमणले प्रभावित बनाएको बताउँदै यस विषम परिस्थितिमा पनि सहयोगी दाताहरुको निरन्तर सहयोग प्राप्त भएको जानकारी दिए ।
आगामी दिनमा आश्रमको सुसञ्चालनका लागि दिर्घकालीन सोचका साथ अघि बढिएको उल्लेख गर्दै उनले तीनै तहका सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए ।
पोखरा १७ का वडाअध्यक्ष तीर्थराज अधिकारीले भगवान सरहका आमा बाबुलाई घरमै राखेर माया ममता प्रदान गर्नुपर्नेमा जोड दिंंदै समाजका विपन्न एवम् असहाय ज्येष्ठ नागरिकका लागि बृद्धाश्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
सेतीनदी माथिको प्राकृतिक पुल, सदा शिव हरिहर, सिताको पाइला, अकला मन्दिर लगायत प्राकृतिक तथा धार्मिक महत्व बोकेको यस स्थाललाई पर्यटकीय स्थलकोरुपमा विकास गरिनु पर्नेमा उनको जोड थियो ।
नेकपा १७ अध्यक्ष सभाष ढुङ्गाना, नेपाली कांग्रेसका सभापति देवराज आचार्य, जनता समाजवादीका टिकाराम पौडेल लगायतले असहाय ज्येष्ठ नागरिकको सहयोगका लागि आश्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै यसको संरक्षण र विकासका लागि सवैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिए ।
उक्त अवसरमा पोखरा १६ अर्मलाका फरक क्षमता भएका कृष्णप्रसाद भट्टराईले बृद्धाश्रमको निरन्तरताका लागि सञ्चालन गरिएको अक्षयकोषमा जम्मा हुने गरि २५ हजार रुपैयाँ प्रदान गरेका थिए । कोषमा हालसम्म ६० लाख भन्दा बढी रकम संकलन भएको छ भने पाँच करोड पु¥याउने संस्थाले लक्ष्य लिएको छ ।
विभिन्न जिल्लाका ५५ जना बृद्धवृद्धा तथा सेवक सेवीका कार्यतर रहेको वृद्धाश्रम सञ्चालनमा मासिक सात लाख ५० हजार रुपैया खर्च लाग्ने गरेको संस्थाका सचिव केशव लम्सालले जानकारी दिए ।
कार्यक्रममा कार्यवाहक कोषाध्यक्ष मनुमाया खत्रीले एक करोड ४४ लाख बरावरको बार्षिक आयव्यय तथा सहसचिव दीपक आचार्यले आश्रमको भावि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

You might also like

Comments are closed.